मेलम्चीको पानी नआउने भएपछि पानी वितरणको तालिकामा फेरबदल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

मेलम्चीको पानी नआउने भएपछि पानी वितरणको तालिकामा फेरबदल

water

काठमाडौं । मेलम्चीको पानी केही समय नआउने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खानेपानी वितरणको तालिकामा फेरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका लागि असार १ गतेबाट मेलम्चीको पानी नआउने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खानेपानी वितरणको तालिका परिवर्तन गरेको हो ।

हाल काठमाडौं खानेपानी लिमिटेडले दैनिक १७ करोड लिटर मेलम्चीको पानी वितरण गर्दै आएको । असार १ गतेबाट बन्द हुने मेलम्ची खानेपानी वितरण करिव दुई महिनापछि मात्र पुनः वितरण गरिने बताइएको छ ।

खानेपानी वितरणको नयाँ तालिका अनुसार असार एकबाट उपत्यकामा २ दिन देखि १२ दिन बिराएर मात्र पानी आउने छ ।

तालिकाअनुसार सबैभन्दा कम दुई दिन बिराएर कीर्तिपुर क्षेत्रमा पानी वितरण गरिने छ भने सबैभन्दा धेरै १२ दिन बिराएर ललितपुरमा पानी वितरण गरिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);