पुरानो पानी पोखरीबाट मेलम्चीको पानी वितरणको शुभारम्भ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पुरानो पानी पोखरीबाट मेलम्चीको पानी वितरणको शुभारम्भ

काठमाडौं, १५ चैत । काठमाडौं महाँकालचौर स्थित पुरानो पानी पोखरीबाट मेलम्चीको पानी वितरणको शुभारम्भ गरिएको छ । आइतबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर मिलन कुमार शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले संयुक्त रुपमा खानेपानी वितरणको औपचारिक शुभारम्भ गरेका हुन् । महाँकाल क्षेत्रबाट चाबहिल, कुटुबहाल, आनन्दनगर क्षेत्रमा पानी पठाइएको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए ।

अहिले दैनिक ४ करोड लिटर पानी आएको र पानीको मात्रा बढ्दै जाने भएकाले सोही आधारमा समय तालिका निर्धारण गरी उपभोक्ताको घरमा पानी पठाइने पनि प्रमुख कार्यकारी अधिकृत शाक्यले जानकारी दिए । अहिले सकेसम्म दैनिक र नसके एक दिन बिराएर पानी वितरण गर्ने तालिका बनाइएको पनि उनको भनाई छ । कुनै ग्राहकको घरमा पानी नपुगेको खण्डमा जानकारी पाउने वित्तीकै ¥यापिड रेस्पोन्स टीमले समस्या समाधान गरी पानी पु¥याउने पनि उनले बताए ।

हाल पुराना पानी पोखरीहरुमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छ्याइएका नयाँ पाइपलाइनहरु परीक्षण गर्दै पानी थप गर्दै लैजाने योजना अन्तर्गत पहिलो चरणमा आज ४ करोड लिटर पानी महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटार स्थित पोखरीहरुमा जम्मा हुने योजना रहेको पनि शाक्यले बताए ।

आइतबार साँझसम्म काठमाडौंको मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पनि पानी वितरण हुने छ । दोस्रो चरणमा बालाजुस्थित पानी पोखरीमा समेत गरी ६ दशमलव ५ करोड लिटर, तेस्रो चरणमा बाँसबारी र महाराजगञ्ज स्थित पानी पोखरीहरु समेतमा गरी ८ दशमलव ५ करोड लिटर र चौथो चरणमा कीर्तिपुर, थिमी, भक्तपुर स्थित पोखरीहरुमा समेत गरी १७ करोड लिटर पानी जम्मा हुने र ती पोखरीहरुबाट काठमाडौं उपत्यका चक्रपथ भित्र र आसपासका क्षेत्रहरुमा पानी वितरण गरिने योजना केयूकेएलको छ । हाललाई पानीको शुल्क यथावत रहेको पनि केयूकेएलका प्रमुख कार्यकारी अधिकृत शाक्यले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);