बनमा लागेको आगो निभाउने क्रममा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बनमा लागेको आगो निभाउने क्रममा एकको मृत्यु

पाल्पा, १५ चैत। पाल्पामा सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा एक स्थानीयको मृत्यु भएको छ । माथागढी– ४, गोब्रेस्ल्हुङ्ग बनमा लागेको आगो नियन्त्रणमा लिने क्रममा ६४ बर्षिय स्थानीय मान बहादुर सिंजालीको मृत्यु भएको हो ।

आफ्नो बारीको झाङ्गहरू पोल्न आगो लगाउने क्रममा दानसिंघा सामुदायिक वनमा आगो पसेपछि उक्त आगो नियन्त्रण गर्ने प्रयास गर्दा आगोको भुमरीमा परी सिंजालीको मृत्यु भएको माथा प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार दिउसो १२ बजेबाट लागेको आगो अझैसम्म नियन्त्रण हुन सकेको छैन । स्थानीय बासिन्दा र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको समाचारमा जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);