देशको अधिकांश भागको आकाश अझै सफा हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

देशको अधिकांश भागको आकाश अझै सफा हुन सकेन

काठमाडौं, १५ चैत । शुक्रबार दिउँसोदेखि एक्कासी तुवाँलोले ढाकिएको देशको अधिकांश भागको आकाश अझै सफा हुन सकेको छैन् । तुवाँलोका कारण उपत्यका लगायत देशभरका अधिकांश स्थानमा घाम लागेको छैन भने हावा पनि चलेको छैन ।

बायुमण्डल धुमिल भएको छ । भिजिबिलिटीमा पनि कमि आएको छ । आइतबार दिउँसो काठमाडौंको चन्द्रागिरी डाँडामा पुग्दा उपत्यका पूर्ण रुपमा धुमिल देखिएको छ । भिजिबिलिटी अन्यन्तै न्यून देखिएको छ । त्यस्तै उपत्यका बाहिरको दृश्य पनि धुमिल देखिएको छ । आकाश पूर्ण रुपमा तुवाँलोले ढाकिएको छ ।

नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारण प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई घटेको भिजिबिलिटी छ । वातावरणमा आएको परिवर्तनले जनजीवन पनि प्रभावित भएको छ । वायुमण्डलमा वायुको गुणस्तर सूचकाङ्क अत्याधिक बढेका कारण तुवाँलो दोखिएको वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले बताएको छ ।

प्रदूषित वायुमण्डल सफा हुनका लागि हावा चल्नुपर्ने अथवा पानी पर्नुपर्ने विज्ञहरुले बताएका छन् । केहि दिन यता धेरै किसिमको प्रदूषण मिसिएका कारणले सर्वसाधारणले आँखा पोलेको महसुस गरेका छन् ।

प्रदूषणको अशरबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनु परेमा मास्क लगाउन हुन तथा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);