बढ्दो वायु प्रदुषणका कारण मानव स्वास्थ्य र वातावरणीय सन्तुलनमा असर, प्रदूषणका मुख्य कारण डढेलो | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

बढ्दो वायु प्रदुषणका कारण मानव स्वास्थ्य र वातावरणीय सन्तुलनमा असर, प्रदूषणका मुख्य कारण डढेलो

pollution

काठमाडौं, १९ चैत । यो वर्ष ७५ वटै जिल्लामा डडेलेको समस्या देखिएका कारण नेपालको वायु प्रदुषण अत्याधिक देखिएको छ । जसबाट अहिले सर्वधारणले आँखा पोल्ने, टाउको दुख्ने लगायतका रोग देखिएको छ ।

डढेलोका कारण वन क्षेत्र सखाप हुने, वायुमण्डलमा कार्बनडाइअक्साइडसहितका ग्यास उत्सर्जन हुने समेत गरेको छ ।

नेपालमा सबैभन्दा धेरै २०६६ सालमा एकै दिनमा चार सय २० वटा डडेलोको घटना भएको थियो । जसमा दर्जनौ मानिसको मृत्यु भएको थियो । त्यसपछि डडेलोको घटना हुने क्रम रोकिएको छैन् ।

२०७५ चैत १३ को तंथ्यांकअनुसार त्यसदिन १० वटा डडेलो लागेको थियो । गत वर्ष यो अवधिमा देशभर १९४ स्थानमा डढेलो लागेको थियो र त्यसबाट कम्तीमा ४१ जिल्ला प्रभावित थिए ।

यो वर्ष सोही अवधिमा डढेलोको संख्या २८ सय ४३ पुगेको छ र कम्तीमा ७५ जिल्ला प्रभावित भएका छन् । ७७ सालमा लागेको डडेलो भने अझै नियन्त्रणमा आउन नसक्दा वायुमा समस्या देखिएको हो ।

यो विगत वर्षभन्दा १५ गुणा बढी डडेलो लागेको कारणले यसले अझै बढि खतरा उत्पन्न हुन सक्ने वातावरण मन्त्रालयको छ । यसका लागि वातावरणविभागले वायु प्रदुषणका कार्य रोक्न विभिन्न उपायहरु अवलम्बन गरेको बताएको छ ।

यो अवस्था आउनुमा प्राकृतिक र मानविय दुबै कारण रहेको वातावरणविद्को भनाई छ ।

जबसम्म ठूलो पानी पर्दैन तबसम्म धुलो र धुवाँले ढाकेको आकाश सफा नहुने भएकाले हप्तौसम्म पनि प्रदुषण रहने विज्ञहरुले बताएका छन् ।

यसमाथि पनि काठमाडौ उपत्यका पहिलेदेखिनै प्रदुषण भएको शहर भनेर चिनिएकाले यसले गम्भीर असर पार्ने विज्ञले बताएका छन् ।

पानी कम परेका कारण सुख्खा हुँदा जोखिमयुक्त बनेका वन क्षेत्रमा मानवकै कारण नेपालमा जोखिम देखिन्छ । यसले मानव स्वास्थ्य तथा प्राणी र वातावरणको सन्तुलनमा गम्भीर रुपमा असर पर्ने भएकाले मानवले नै बचाउन सक्ने भएकाले मानवनै सचेत हुन आवश्यक देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);