काठमाडौंलगायत विभिन्न ठाउँको वायुमण्डल सफा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौंलगायत विभिन्न ठाउँको वायुमण्डल सफा

काठमाडौं । पछिल्ला दिनहरुमा प्रदूषित बनेको काठमाडौंलगायत मुलुकका विभिन्न ठाउँको वायुमण्डल सफा भएको छ । केही दिनयता लगातार पानी परिरहेको र घाम लागिरहेकाले मौसम सफा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो समय देशको केही पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । शुक्रबार काठमाडौंबाट हिमशृंखलाहरू छर्लंगै देखिएका छन् । लामो खडेरीका कारण चैत दोस्रो सातापछि देशभर डढेलो विकराल बनेको थियो ।

एकै दिन ५ सय स्थानसम्म डढेलो लागेको थियो । डढेलोले जनधनको क्षतिसँगै वायुमण्डल पनि प्रदूषित भएको थियो । वायुमण्डल प्रदूषणले आँखा पोल्ने, छाला चिलाउने, श्वासप्रश्वासमा समस्या देखिएको थियो । वायु प्रदूषण सूचक अनुसार काठमाडौं विश्वका ९४ सहरमध्ये प्रदूषणमा शीर्ष स्थानमा परेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);