कुन–कुन क्षेत्रमा वर्षाको सम्भावना ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कुन–कुन क्षेत्रमा वर्षाको सम्भावना ?

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकाँस स्थानमा आंशिक बदली रहने छ ।

हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभाव कायमै रहेको छ ।

अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भई रहेको छ । गण्डकी प्रदेशका केही स्थानमा भूभागमा आंशिकदेखि सामान्यबदली र अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य स्थानहरुमा मौसम सामान्यतय सफा रहने छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);