एमसीसीमा आत्तिएका नेपालका ‘बेस्ट ब्रेन’हरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

एमसीसीमा आत्तिएका नेपालका ‘बेस्ट ब्रेन’हरु

काठमाडौं । अमेरिकाको “एमसीसी” अनुदान सहयोगमा ५१ राष्ट्रमा संचालित आयोजनाहरुको संक्षिप्त विवरण तल प्रस्तुत गरिएको छ। सामरिक महत्वको कारण यो आयोजना अमेरिकाले नेपाललाई बल जफती लाद्न खोजेको ब्याख्या गरिंदैछ ।

यदि यसमा रत्तिभर पनि सत्यता हुने हो भने यो आयोजनाको सबैभन्दा बढी विरोध चीन र भारतबाट हुने थियो । तरपनि नेपालका “बेस्ट ब्रेनहरु” यो आयोजना अमेरिकाको चीनलाई घेरावन्दी गर्ने नीति अन्तर्गत ल्याईएको भनी स्याल हुईया पिटाउंदैछन् ।

सरकारलाई अलोकप्रिय बनाउने अभिप्रायले राजनीतिक रुपमा एमसीसीको बिरोध हुनुलाई भने अस्वभाविक भन्न मिल्दैन । तर सर्वसाधारण जनतालाई नै दिग्भ्रमित गर्ने गरी प्रायोजित रुपमा तथाकथित पढे लेखेकाहरुले नै बदनियतपूर्वक जनता भड्काउने काममा अग्रसर हुनु भनेको बौद्धिक दिवालियापनको वीभत्स तस्वीर यो भन्दा अरु के हुन सक्ला र? अमेरिकाले नेपालसंग दुश्मनी साध्नु पर्ने कुनै कारण छ होला र? “बेस्ट ब्रेनहरुले” भने झैँ चीनलाई घेरावन्दी गर्न नेपालको भूमि उपयोग गर्न खोजिएको हो भने त्यस्ले त चीनलाई बढी चिन्तित बनाउनु पर्ने हैन र? चीनभन्दा एक कदम अघि बढेर किन “बेस्ट ब्रेनहरु” बढी चिन्तित भएका हुन ? एमसीसी अन्तर्गत बिभिन्न विकास आयोजना सञ्चालन गरेका मुलुकहरुको सूचीः

Leave a Reply