फातिमासँगै एमसीसी फिर्ता होस् (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

फातिमासँगै एमसीसी फिर्ता होस् (भिडियाेसहित)

एमसीसी कि उपाध्यक्ष फतिमाको नेपालमा चर्को दौडधुप छ। उनले सके सम्म नेपालमा एमसीसी लागु गर्न खोजेकि छिन। तर यहि वेला जनताले भने फतिमा सँगै एमसीसी पनि फिर्ता होस भन्ने चाहेका छन। किनकि एमसीसीका कारण देश र जनता अनावश्यक झमेलामा परेका छन। दलहरु पनि जनताको आक्रोस देखेर एमसीसी पास गराउन हच्किएको अबस्था छ। एमसीसीले विकास भन्दा पनि देशभित्र विनास निम्त्याउने आंकलन भइरहेकै कारण एमसीसी फिर्ता भए नेपाल अमेरिक सम्बन्ध समेत थप राम्रो हुने देखिन्छ।

एमसीसी उपाध्यक्ष फातिमा सुमार नेताहरूका घर घरमा पुगेर एमसीसी नेपालको हितमा छ भन्दै छिन् । त्यति मात्र होइन एमसीसी सम्झौता लागु नभए नेपालको अहित हुन सक्छ भनेर भनिरहेकी छन् । उनको यो भनाई धम्की हो वा नेपालका लागि शुभेक्षा हो नेताहरुले छुट्याउन सक्लान् त? देशको नेतृत्व गर्ने र गरिरहेका नेताहरु कति सस्ता बनेका छन् एक पटक मनन् गर्ने हो भने केही प्रष्ट हुन्छ? जम्मा ५५ अर्बको सहयोग दिने एमसीसीका पदाधिकार नेपाल ओर्लिएका केही घण्टामा नै प्रमुख राजनीतिक दलका नेताहरुका घर घरमा दलबलका साथ पुग्न सक्छिन् ।

हाम्रा नेताहरु एमसीसी उपाध्यक्ष फातिमालाई पर्खेरै बसे जस्तो देखिन्छ । तर नेपालको प्रधानमन्त्रीहरु समेत कुनै देशमा गएर प्रधानमन्त्रीकै हैसियतमा आफ्ना समकक्षीलाई भेट्न सक्दैनन् । आखिर यस्तो कमजोर उपस्थिती किन छ नेपालको । किनकी नेपालका नेताहरु विदेशी आफ्नो पद कद सबै विर्सेर भेट्न हौसिन्छन् । अझ विगतमा छिमेकी देशको मन्त्रीलाई भेट्न होटेल सम्म तछाड मछाड गर्दै धाउने पूर्व प्रधानमन्त्रीहरु समेत थिए ।

प्रमुख राजनीतिक दलहरुबीचमा चर्को ध्रुवीरकण निम्त्याएको एमसीसी सम्झौताको किचलो चार वर्ष देखिजारी छ । यसले नेपालको विकास गर्दैन त्यो पक्का छ तर नेपाललाई आन्तरिक र बाह्य झमेलामा नराम्रोसँग फसाउन सक्छ । चार वर्षदेखि एमसीसी सम्झौता अधिकांश नेपाली जनताको टाउको दुखाईको विषय बनेको छ । एमसीसी यसबारे वार कि पारको निर्णय कहिले होला यो आम चासोको विषय बनेको छ । अवस्था कस्तो भने एमसीसी संसदबाट पास गराउनु पर्ने छ । त्यसका लागि राजनीतिक दलहरुका बीचमा सहमति जुट्न सक्ने सम्भावना छैन ।

दलहरुलाई स्वतन्त्र छोडिदिने हो भने काँग्रेस बाहेक कुनै पनि दल एमसीसी पास गर्ने पक्षमा तत्काल देखिदैन । एमसीसी सम्झौता संशोधन गरेर मात्र पास गर्छौँ भन्ने पक्षमा केही दल र नेताहरु छन् तर अमेरिकाले एमसीसीले संशोधन नहुने कुरा लेखेरै नेपाललाई भनिसकेको छ। त्यसैले एमसीसी कि उपाध्यक्ष फातिमा फिर्ता हुँदा एमसीसी पनि फिर्ता भइदिए हुन्थ्यो भन्ने अधिकांश जनताको चाहाना छ । किनकी एमसीसी सम्झौता संशोधन हुन नसक्ने अमेरिकाले भनिसक्यो हुबहु रुपमा एमसीसी स्वीकार गर्ने पक्षमा नेपाल छैन।

त्यसैले अमेरिकाले यो सहयोग फिर्ता लैजाँदा नेपाल अमेरिका सम्बन्ध पनि राम्रो हुन सक्छ। जनताको दबाव यस्तो छ कि नेपालका राजनीतिक दल र तीनका नेताहरुको भविष्य धरापमा पर्न सक्छ । त्यसैले खुलेर नभने पनि ५०, ५५ अर्ब रुपैयाँ फिर्ता होस भन्नेमा स्वयम् कांग्रेसका नेताहरु पुगिसकेका छन् । जबरजस्ती एमसीसी कार्यान्वयनमा लगे यसमा जन आन्दोलनको आदिवेरि आउने निश्चित छ । साथै भूमिगत रहेका विभिन्न संगठनहरुले समेत नयाँ एजेण्डा पाएन छन् । त्यो आफैमा चुनौतीपूर्ण हुने छ । त्यसैले फातिमासँगै एमसीसी फिर्ता भए कमसे कम नेपालको आन्तरिक किचलो त कम हुन्थ्यो ।

यसै पनि जुन जुन देशमा एमसीसी लागु भएको छ ती देशहरुको सूचीमा नेपालले आफूलाई सूचीकृत गर्नु हिनताको विषय बन्न सक्छ । किनकी हामी श्रोत साधन र जनशक्ति नभएर गरिब भएका होइन। अहिले देश जटिल अवस्थामा पुगेको छ । राजनीतिक दलहरुकाबीचमा सघन छलफल हुनु पर्ने । देश र जनतामाथि देखा परेका संकट समाधानका लागि खास खास राष्ट्रिय शक्तिहरू एक भएर राष्ट्रियता मजबुद बनाउन लाग्नु पर्ने । तर विडम्बना भन्नु पर्छ देश भित्र नेताहरुकाबीचमा पानी बाराबारको अवस्था छ ।

लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार भइरहेको छ । राष्ट्रियताको मुद्दामा दलहरुबीच छलफल समेत हुन सक्दैन । मुलुकको सिंगो राजनीतिमा तिक्तता र वैमनस्यता बढ्दै गएको छ। नेताहरु बीच दूरी बढेको छ। आन्तरिक रुपमा दल र नेताहरुको शक्ति क्षय हुँदै गए पछि विदेशीहरु घर घरमा पुगेर नेपालको हित के मा छ भन्ने बताइरहेका छन् । हाम्रा नेताहरु लाचार शैलीमा सुनिरहेका छन् । मुलुकको दुर्दशा यो भन्दा खराब के हुन सक्छ ?

स्पष्ट दृष्टिकोण नभएका नेताहले समृद्धिका नारा कुन कुनामा थन्काएका छन् खोज्ने वेला भयो । नेतृत्व क्षमताको अभाव भएका नेताहरुले देशमाथि कहिले सम्म शासन गर्ने हुन् ? देशको कति दुगर्ति गर्ने हुने अनुमान लगाउन सक्ने अवस्था छैन । सिद्धान्त र आदर्शबाट च्युत भएका नेताहरुलाई जति गलत काम गरे पनि लज्जा बोध हुन वाला छैन। न उनीहरुमा जवाफदेहिता छ। श्रोत साधनले भरिपूर्ण देश नेपालसँग पर्याप्त मात्रामा जल र जमिन छ, श्रमशक्ति छ, विश्वलाई लोभ्याउन सक्ने प्रकृति नेपालमा छ । पर्यटन र कृषि क्षेत्रबाट मात्रै पनि देशको काया पलट हुन सक्ने सम्भावना छ। तर नेताहरु मुलुकभित्रका तमाम सम्भावनाहरु थाती राखेर सानोतिनो सहयोगका लागि लम्पसार परिरहेका छन् । त्यसैले त देशको यो हविगत भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);