एमसीसी उपाध्यक्ष फातिमाको चेतावनी नेपालका लागि अवसर | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०७९, शनिबार

एमसीसी उपाध्यक्ष फातिमाको चेतावनी नेपालका लागि अवसर

काठमाडौं । चौतर्फी रुपमा विवादित बनेको एमसीसी सम्झौता लागु गर्न दबाब दिन नेपाल आएकी एमसीसी उपाध्यक्ष फातिमाले, अमेरीकी अनुदान रोक्ने चेतावनी दिएको बारे सञ्चार माध्यमहरुमा चर्चा भइरहको छ ।

विदेशी अनुदान नआए नेपाल ठप्प हुने होइन बरु विकासले गति लिन सक्छ भनेर बहस समेत शुरु भएको छ । स सर्त भित्र्याइने अनुदानका कारण विदेसी हस्तक्षेप र हरेक क्षेत्रमा अतिक्रमण बढेको भन्दै जनताले अनुदान भन्दा पनि आफ्नै बलमा विकासको बाटो समात्नु पर्नेमा जोड दिइरहेका छन ।

एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपाल भ्रमण सकेर स्वदेश फर्केकि छिन् । उनले नेपालमा प्रधानमन्त्री सहित प्रमुख दलका शिर्ष नेताहरुसँग घर घरमा पुगेर भेट गरिन । सो भेटमा एमसीसी नेपालको हितमा छ भन्दै सम्झौता लागु गर्न दबाब दिइन । फतिमा भरपुर प्रयास गरे पनि सत्तामा रहेका एकाध नेता बाहेक कसैले पनि एमसीसी पास गर्ने मामिलामा फतिमालाई उत्साह देखाएनन् ।

फातिमा नेपालमा रहेकै वेला देशभक्त नागरिकहरुले एमसीसीको सडकमा खरो विरोध गरे । नेपालमा एमसीसी मोह छैन भन्ने कुरा फतिमाले नजिक बाट हेर्ने मौका पाइन् । त्यसैले उनको नेपाल भ्रमण फलदायी हुन सकेन । फातिमा पर्केसँगै एमसीसी सम्झौता नेपालले लागु नगरे अमेरिकाले दिदै आएको अन्य अनुदान वा साहायता पनि रोक्ने चेतावनी फातिमाको छ भनेर विभिन्न सञ्चार माध्यमहरुमा समाचार आइरहेका छन् ।

यदि फातिमाले नेपाललाई यस्तो चेतावनी दिएकी हुनभने नेपालीहरुले चिन्तीत हुनुपर्ने अवस्था देखिदैन । नेपालले नयाँ संविधान जारी भए लगत्तै भारतले नेपालमाथी नाकाबन्दी लगायो । त्यो बेला पनि कतिपयले भन्थे धेरै अभावमा बाच्नु पर्ने छ । नुन पनि खान पाइदैन भनेर । तर त्यस्तो भएन । नाकान्दिमा हरेक घरमा तरकारी खेती लगाइयो । नेपाली किसानले उत्पादन गरेको सामाग्रीले बजार मुल्य पायो । नेपालले चिनसँग समेत पारवाहन सम्झौता ग¥यो । यद्यवी त्यसको कार्यान्वयन निरासजनक अबस्थामा छ ।

अहिले पनि अमेरिकाले अनुदान नदिदैमा नेपाल ठप्प हुने होइन । फातिमाले चेतावनी दिए जस्तो विदेशी अनुदान रोकिने हो भने बल्ल नेपाल आफ्नै लयमा विकास बाटो समात्न सक्छ । किनकि अहिले सम्म हरेक बर्ष नेपाल सरकारको बजेटकै हाराहारीमा आइएनजीओ हरुले बजेट भित्र्याउछन् ।

त्यसको ठूलो हिस्सा सम्बन्धित देशमा नै जान्छ । बाँकी रकमको ठूलो हिस्सा नेपाल स्थित कार्यालय र तीनका कर्मचारीहरुले कुम्ल्याउछन् । लक्षित वर्गका जनताको हातमा केही पुग्दैन । उनीहरुको गरिबी मात्र बेचिन्छ । अर्कोतर्फ विदेशी अनुदानमा राजनीतिक दलका नेताहरुको रजगज हुने गरेको छ । ठूलो भौतिक निर्माणका काम नेताहरुको भोट आउने ठाउँमा पारिन्छ । त्यो बजेटमा कार्यकर्ताको हाली मुहाली हुने गरेको छ । यस्तै कारणले प्राकृतिकरुपमा ओतप्रोत राष्ट्र नेपाल कसैले देला र विकास होला भनेर आश गर्नु पर्ने अबस्थामा पुगेको छ ।

यती मात्र होइन विदेसी अनुदानसँगै भित्रिने बाह्य हस्तक्षेपले देश जरजर अबस्थामा पुगेको छ । अनुदानसँग आइरहेका प्रतिनिधिहरुले मुलकमा अनेक प्रकारका चलखेल गरिरहेका छन् । आज देशको हरेक क्षेत्रमा विदेशी अतिक्रमण बढ्दो अबस्थामा छ । यसको प्रमुख कारण हो जस्तो सुकै सर्त मानेर पनि अनुदान भित्र्याउने प्रवृति । त्यसकारणले पनि यदि फातिमाले एमसीसी पास गराउन नसकेको झोकमा नेपाललाई अनुदान दिन बन्द गराउन सकिन भने नेपाली जनताले फातिमालाई धन्यावद दिने छन् ।

यत्रतत्र छरिने अनुदानले नेपाललाई विकासको बाटोमा डो¥याउनै सक्दैन । बरु त्यस्तो प्रवृतिले नेताहरु पनि विदेशीको भर परिरहेका छन् । आज सम्म नेपालले आफ्नै बलमा बनाएका भौतीक संरचनाहरु बलियो अबस्थामा छन् । सयौ बर्ष अघि बनेको पशुपतिनाथ देखि, ठूला राजमार्ग, सिंहदरबार देखि जानकी मन्दिर सम्मका संरचनाहरु बलिया छन् । दुख लाग्दो कुरा त के छ भने, अनुदानको भरमा बनाइएका संरचनाहरु बर्खाको पानीसागै बगेर गइरहेका छन् ।

विदेशी अनुदानकै कारण नेपालमा भ्रष्ट्राचार समेत मौलाएको छ । नेताहरु पनि विदेशीसँग मागेर देशको विकास गर्ने मनस्थितमा पुगेका छन् । समग्रमा भन्दा नेपाल गरिखाने मुलक होइन मागिखाने मुलुकमा परिणत हुदै गएको छ । नेतृत्व नै विदेशी अनुदान प्रती लालची देखिएको छ । यो प्रवृतिले नेपालको भविष्य माथि नै धावा बोल्न सक्ने खतरा छ । आन्तरिक श्रोत साधन परिचालन गरेर नेपालले आफ्नै बलमा काम गर्ने हो भने, दुइचार बर्ष ढिला होता तर नेपाल विकासको बाटोमा लम्कने छ । अनुदानको भरमा गरिने विकासमा जनताले स्वामित्व समेत लिएका छैनन् ।

यदि नेपालको विकास नेपालकै श्रोत साधनले नेपाली जनताले तिरेको करबाट विकास हुने हो भने त्यसमा नेपाली जनताको स्वामित्व पनि हुने छ । र गलत भएको ठाउँमा जनताले आंैला उठाउने छन् । त्यसैले एमसीसी उपाध्यक्षको अमेरेकी अनुदान रोक्ने चेतावनी नेपालका लागि अवसर बन्न सक्नेछ ।

Leave a Reply