जनताले जतिसुकै विरोध गरे पनि एमसीसी पास हुने देखियो (भिडियाे) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जनताले जतिसुकै विरोध गरे पनि एमसीसी पास हुने देखियो (भिडियाे)

जनताले जतिसुकै विरोध गरे पनि एमसीसी पास हुने देखियो,सामान्य प्राविधिक कुराहरुमा परिवर्तन जस्तो गराएर केहि दिनभित्रै एमसीसी पास गराउने चलखेल शुरु भएको विश्लेषण
नेपालमा एमसीसी बारे ठूलो अन्योलता छ।

एमसीसी सम्झौता मा उल्लेखित सर्तहरु बाहिरिएसँगै एमसीसीलाई राष्ट्र घाती सम्झौता भनेर धेरैले विरोध गरिरहेका छन। जनताहरुले राष्ट्रहित विपरितका कुनै पनि सम्झौता लागु नगर्न सरकार र राजनीतिक दलहरुलाई दबाब दिइरहेको वेला सरकार नै एमसीसी पास गराउने अन्तिम तयारीमा रहेको विश्लेषण भइरहेको छ।

यस अर्थमा जनताले जति सुकै विरोध गरे पनि एमसीसी सम्झौतामा सामान्य रुपमा प्राविधिक कुराहरुमा परिपर्तन गरे जस्तो देखाएर एमसीसी पास गराउने खेल शुरु भएको बारे विश्लेषण भइरहेको छ।

नेपालको सत्ता कति कमजोर छ भन्ने कुरा वर्तमान सत्तारुढ गठबन्धनमा रहेका नेताहरुको बोलीचालीमा देखिन थालेको छ। एमसीसी त्यती ठूलो विषय थिएन तर नेताहरुका लागि एमसीसी गलगाड बनेको छ।

एमसीसीे पास हुने र नहुने आधारमा सत्तारुढ गठबन्धन कायम रहने वा फुटने भन्ने छिनोफानो हुने कुरा देसकै लागि दुर्भाग्य हो। सबै भन्दा अप्ठ्यारो अबस्थामा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी देखिन्छ।

नेकपा एमाले प्रति सधै आक्रमक शैलीमा प्रस्तुत हुने माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र माधवकुमार नेपाललाई एमसीसी पास गर्न देउवा नेतृत्वको सरकारलाई साथ दिने कि नदिने भन्ने चिन्ताले सताएको छ। एमसीसी पास गराउन संसदमा साथ दिए जनताले आगामी निर्वाचनमा भोट नदिने र एमसीसी पास गराउन साथ नदिए कांग्रेस एमाले मिलेर वर्तमान गठबन्धन भत्काउने डर प्रचण्ड र नेपालको मनमा छ। त्यसलै उनीहरुको बोली व्यवहार पछिल्ला केहिदिन यता निकै फरक देखिन थालेको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जसरी हुन्छ वर्तमान सत्तारुढ गठबन्धन भत्काउन चाहान्छ। त्यसका लागि एमसीसी पास गराउन कांग्रेसलाई सहयोग गर्नु परे पनि एमाले तयार हुने अबस्थामा छ। यता प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस शुरु देखि नै एमसीसी पास गराउन सबैको सहयोग जुटाइरहेको छ।

उसो त शेर बहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुने वितिक्कै नेपालमा एमसीसी लागु हुने भयो भनेर विश्लेषण हुन थालेको थियो। किनकि चार बर्ष अघि देउवा प्रधानमन्त्री भएकै वेला एमसीसी सम्झौता भएको हो। त्यसको कार्यान्वयन गराउने दायीत्व देउवाले आफ्नै हो भन्ने ठानेका छन। त्यसैले आफु सरकारमा भएकै वेला एमसीसी पास गराउने दाउमा शेर बहादुर देउवा छन।

संसद बाहिर रहेका केहि साना दलहरुले एमसीसी पास गरे आन्दोलनको आदिवेरी नै ल्याउने भनेर सरकारलाई चेतावनी दिइरहेका छन। जनताले राष्ट्रको हित विपरित हुने विकास र कुनै पनि देसले दिने त्यस्तो अनुदान चाहिदैन बरु विकास नभए पनि हुन्छ भनिरहेका छन। तर यो कुरा कसले सुन्ने। नेताहरु आन्तरिक रुपमा विदेसी शक्तिकेन्दको गोलचक्करमा फसिसकेका छन।

उनीहरु चाहेर पनि पछि हट्न सक्ने अबस्था छैन्। त्यसैले जनताको बीचमा जादा एमसीसीलाई राष्ट्रघाती समझौता भन्ने नेताहरुको बोली विस्तारै फेरिने थालेको छ। एमसीसी सम्झौता संसोधन हुदैन हुबहु लागु गर्नु पर्छ भनेर केहि समय अघि नेपाल आएकि एमसीसी कि केन्द्रिय उपाध्यक्ष फातिमा ले भनिसके की छिन। यो विषय अमेरिकाले पनि प्रष्ट पारिसकेको छ।

यदि एमसीसी सम्झौता संसोधन नहुने हो र नेपालका राजनीतिक दलहरु सत्ता टिकाउन कै निमित्त बाध्य भएर एमसीसी लागु गर्न एक अर्का लाई सहयोग गर्ने अबस्थामा पुग्ने छन। त्यस्तो अबस्थामा जनताले जति विरोध गरे पनि एमसीसी पास हुने देखिएको छ। सत्तारुढ गठबन्धनमा रहेका नेताहरु सत्ता र एमसीसी रोज्ने वेला आउदा एमसीसी पास गरेर सत्तामा बस्ने मनस्थितीमा छन।

गठबन्धनमा रहेका मुख्य नेताहरुको यहि लोभ लालच देखेर देउवा पनि चार वर्षदेखि संसदबाट पास हुन नसकेको एमसीसी सम्झौता अनुमोदन गर्न हौसिएका छन। सम्भव भए गठबन्धन भित्रै सहमति जुटाउने सम्भव नभए प्रमुख प्रतिपक्षी दल एमालेको सहयोग लिने तयारीमा देउवा छन। त्यसैले वर्तमान सत्तारुढ गठबन्धनको आयु पनि एमसीसी पास गराउने र नगाराउने विषयले निर्धारण गर्ने छ।

एउटा सामान्य अनुदान लिने कि नलिने भन्ने प्रसंगले मुलुकको सत्ता डगमगाउने कुराले हाम्रो देसको राजनीतिक धरातल कति कमजोर छ भन्ने विषय उदांगो भएको छ। यति सानो सहयोग लिने निर्णय पनि सरकारले विवेक प्रयोग गरि जनभावना अनुसार टूग्याउन सक्दैन। सत्ता जोगाउन यस्तो त्रसित मानसिकतामा रहेका नेताहरुबाट देस कसरी चल्छ। सरकारले राष्ट्रियता र जनजिविकाको सवालमा कसरी काम गर्ला? यो प्रश्न अनुत्तरित नै छ।

समग्रमा भन्दा सरकार केवल औपचारिकता र कर्मकाण्डी रुपमा चलिरहेको छ। नाम मात्रको सरकार र सत्तामा रहेका नेताहरुबाट राष्ट्रहित हुन सक्ने अपेक्षा गर्नु नै आफैमा निरर्थक हो। जनस्तरबाट सरकार प्रति जुन प्रकारको अपेक्षा राखिए पनि वैदेसिक शक्ति केन्द्र समक्ष प्राय सबै राजनीतिक दलहरु झुक्ने निश्चित छ। त्यसैले सामान्य प्राविधिक कुराहरुमा परिवर्तन जस्तो गराएर अब केहि दिनभित्र नै एमसीसी पास हुने निश्चित छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);