‘एमसीसी संशोधनको कुरा जनता झुक्याउने खेल हो’ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

‘एमसीसी संशोधनको कुरा जनता झुक्याउने खेल हो’

इलाम । अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको तस्तै पास गर्न नहुने र त्यसलाई नेपालको हित अनुकूल बनाउन संशोधनको चर्चा चलिरहेको बेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने संशोधनको कुरा जनता झुक्याउने खेल भएको बताएको छ ।

एमसीसीको विरोधमा बुधबार इलामको चोक बजारमा भएको कार्यक्रममा नेकपाका जिल्ला सचिव मौसम राईले जनता झुक्याउनकै लागि संशोधनको चर्चा गरिएको बताए । ‘एमसीसी इण्डो प्यासेफिक रणनीतिको एउटा पार्ट हो,’ उनले भने,‘यो कुनै पनि हालतमा नेपालको हित अनुकूल हुनै सक्दैन, नेपालको असंलग्न परराष्ट्र नीतिको पनि प्रतिकूल छ ।’

एमसीसी पास भएमा नेपाल विदेशी विस्तारवादी शक्रिको क्रिडास्थल बन्ने राईको तर्क छ ।

संसदको बुधबारदेखि शुरु भएको अधिवेशनमा एमसीसी पारित गर्ने खेल भइरहेको भन्दै बलिदान गरेर भए पनि एमसीसी पारित हुन नदिने नेताहरु बताउँछन् ।

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता भूमि ढङ्गानाले कमिसनको खेलमा जस्केलाबाट एमसीसी पारित गराउने षडयन्त्र भइरहेको आरोप लगाए ।

चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पाटी र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित २२ दलीय मोर्चाले एमसीसीको विरोधमा निरन्तर आन्दोलन गर्ने बताएको छ ।

जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्ने, एमसीसीको डकुमेन्ट जलाउने, सिठी जुलुसलगायतका विरोध कार्यक्रम छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);