लुम्बिनीमा जसपाकी सांसद मुडभरीद्धारा सपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

लुम्बिनीमा जसपाकी सांसद मुडभरीद्धारा सपथ ग्रहण

बिमल क्षेत्री,
रुपन्देही । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टीकी सांसद निर्मला मुडभरी भट्टराईले सपथ ग्रहण गरेकी छन् । सभामुख पूर्णबहादुर घर्तीले मुडभरीलाई बुधबार प्रदेश सभा सचिवालयमा सपथ खुवाएकी हुन् ।

प्रदेशसभा सदस्य कल्पना पाण्डे लम्साललाई पार्टीको निर्णय विपरीत यसअघिको शंकर पोखरेल नेतृत्वको सरकारमा गएपछि जसपाले कारबाही गरेर पदमुक्त गरेको थियो । उक्त रिक्त स्थानमा समानुपातिक मधेशी समावेशी समूहबाट निर्वाचन आयोगको भदौ १० गतेको बैठकले निर्मलालाई निर्वाचित गरेको थियो ।

सपथ लगत्तै सांसद निर्मला मुडभरिले देशको विकास र जनताका लागि काम गर्ने संक्षिप्त प्रतिक्रिया दिईन् ।

जसपाले कल्पना पाण्डे सहित सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादवलाई पनि कारबाही गर्दै प्रदेशसभा सदस्यबाट निलम्बन गरेको थियो । मुडभरी निर्वाचित भएसँगै लुम्बिनीमा जसपाका सांसद ४ जना पुगेका छन् ।

लुम्बिनी प्रदेशसभामा प्रमुख विपक्षी दल एमालेका ३६, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १९ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र राजनीतिक समूहका १ जना गरी ८१ जना सांसद छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);