लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा पदको सपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा पदको सपथ ग्रहण

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको सपथ लिएको छ ।

आइतबार बिहान राजीनामा दिनुभएका पाखरेलले दिउँसो पुन मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसाग पद तथा गोपनियताको सपथ गराएको हो ।

पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई आफ्नै कार्यालयमा ल्याएर शपथ लिनुभएको थियो । साथै उहाँले आर्थिक तथा योजना मन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हरि रिजाललाई पद तथा गोपनियताको सपथ दिलाएको छ ।

यस्तै जसपाका सन्तोष पाण्डे र विजय यादवले पनि पूर्ववत पदमै सपथ लिए । पाण्डे भौतिक पुर्वाधार विकास र यादव भूमी व्यवस्था तथा कृषि मन्त्रीको सपथ लिनुभयो। कल्पना पाण्डे र सुमन शर्मा रायमाझी उपस्थित नभएकाले भोलि सपथ दिलाइने जनाइएको छ ।

मुख्यमन्त्री रहेका पोखरेलले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै विहान राजिनामा दिएको थियो ।

हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्य मध्ये ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दावी पेश गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केशीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४२ जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेका थिए ।

प्रदेश प्रमुख धर्मनाथ यादव शंकर पोखरेलाई शपथ खुवान मुख्यमन्त्रीको कार्यालयमा जाने तयारी गरेपछि विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरूले विरोध गरेका थिए ।

सपथ ग्रहणका क्रममा प्रहरीले सांसदहरूमाथि धरपकड गरेपछि केहीबेर झडप भएको थियो । त्यसक्रममा सांसदहरूले संविधानको रक्षा गर, बहुमतको कदर गर लगायतका नारा लगाएका थिए ।

उनीहरूले प्रदेश प्रमुख, मुख्यमन्त्री पोखरेल र प्रहरीविरुद्ध पनि नाराबाजी गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);