राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधिसभाको अधिवेशन आह्वान | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधिसभाको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते दिउँसो १ बजे प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी हुन् । 

यसअघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेसँगै राष्ट्रपति भण्डारीले बैठक आब्हान गरेकी हुन् । 

बजेट अधिवेशन बोलाउनुपर्ने भए पनि आफूलाई प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्ट पार्न प्रधानमन्त्रीले आवश्यक ठानेको भनेर सिफारिस आएकाले राष्ट्रपतिले प्रतिनिधिसभाको मात्रै अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

यो सँगै संसद्मा विश्वासको मत लिएपछि बजेट अधिवेशन आह्वान हुनेछ । प्राविधिक रुपमा सरकार बहुमतमा रहे पनि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेकाे हो । पदमा कायम रहन प्रधानमन्त्रीले १ सय ३८ सांसदको समर्थन लिनुपर्छ ।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १ सय २१ सिट छ । नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १÷१ सिट रहेको छ भने नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन् ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);