राष्ट्रपति भण्डारीद्धारा संसद अधिवेशन आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रपति भण्डारीद्धारा संसद अधिवेशन आह्वान

Bidhya-Bhandari

काठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छिन् । सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भइसकेको भन्दै सोहीअनुसार राष्ट्रपतिले २३ गते ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने छ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा आलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकि थिइन् ।

सोविरुद्ध सर्वोच्चमा विभिन्न समयमा १३ वटा रिट दायर भएपछि सर्वाेच्चले गएको मंगलबार फागुन ११ गते प्रतिनिधि सभा पुनस्र्थापनाको फैसला गरेको थियो । पुनस्र्थापनासँगै सर्वोच्चले १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउनु पर्ने आदेश पनि जारी गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);