अविश्वासको प्रस्ताव फिर्ता लिएर भदौ २६ मा फर्कन बादलको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अविश्वासको प्रस्ताव फिर्ता लिएर भदौ २६ मा फर्कन बादलको आग्रह

Home-Minister-Ram-Bahadur-Thapa

काठमाडौ, १७ फागुन। गृहमन्त्री रामबहादर थापा बादलले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएर भदौ २६ गतेको अवस्थामा फर्कन दाहाल– नेपाल नेकपाका नेताहरुलाई आग्रह गरेका छन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय गण्डकी प्रदेशस्तरीय भेलालाई पोखरामा संवोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

प्रतिनिधिसभा विघटनको बिषयमा सर्वोच्च अदलतको फैसला स्थायीत्वको पक्षमा नभएको उनले दावी गरे । आफूहरुले अदालतको निर्णय मानेपनि फागुन ११ को फैसलाले देशमा अस्थिरता ल्याउने उनको भनाई थियो । उनले सडकको मोर्चा अव संसदमा प्रवेश गरेको र आफुहरुले त्यहाँ विजय प्राप्त गर्ने दावी गरे।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);