एमाले विवादः ओली पछि नहट्ने, नेपाल अघि नबढ्ने, वामदेव दोबाटोमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमाले विवादः ओली पछि नहट्ने, नेपाल अघि नबढ्ने, वामदेव दोबाटोमै

काठमाडौं । गत सालको भदौ २६ पछि बन्द भएको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच यो साता बोलचाल सम्म फुक्यो । धेरैले अनुमान गरेका थिए– अव पार्टी भित्रको समस्याको गाँठो फुक्ने छ । तर बोली फुकाईमा सीमित भयो त्यो छलफल ।

उनीहरुले बुधबार र बिहीबार दुई दिन राजधानीको पाँचतारे होटलमा करिव चार घण्टा बिताए । उनीहरुले सो क्रममा होटलको झ्यालबाट एकै साथ उभिएर धरहरा समेत हेर्न भ्याए । लामो समयदेखि पार्टीमा विवाद रहँदै आएकोमा सँगै उभिएको फोटो समाजिक संजालमा राखेर धेरैले खुशी मनाए । तर त्यो खुशी धेरै समय टिक्न सकेन । उनीहरुले धरहरा हेरेको फोटोले परिणाम भने अर्कै दृष्य देखायो । ओली र नेपालले धरहरा हेरेको ठहर भएन । उनीहरुले अब हाम्रो यात्रा टाढा भईसक्यो भन्ने महसुस गरायो ।

२०७५ साल जेठ ३ मा तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएपछि प्रधामनन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच करिव दुई वर्ष सहकार्य भयो । तर दुई वर्ष पछि प्रचण्ड – माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु असन्तुष्टिको चौतारी बन्न पुगे । पार्टी सचिवालय, स्थायी समिति, केन्द्रीय समितिमा प्रधानमन्त्री ओली अल्मतमा परे । सवैधानिक नियुक्तिदेखि अन्य सम्ममा ओली अप्ठ्यारोमा पर्दै गए । त्यसैको नतिजा थियो पुस ५ को प्रतिनिधिसभा विघटन । तर सो विटनविरुद्ध प्रचण्ड र माधव नेपाल पक्ष अदालत पुग्यो । अदालतले प्रतिनिधिसभा पुनस्र्थापना ग¥यो । तर फागुन २३ गते सर्वोच्चले नेपालको राजनीतिमा अर्को झड्का दियो– त्यो थियो तत्कालीन एमाले र माओवादी ब्यँुताउने फैसला ।

२३ गतेको फैसला लगत्तै फागुन २८ गते नेपाल पक्षको सहभागिता विनै एमाले केन्द्रीय समितिको बैठक बस्यो । बैठकले माओवादी छाडेर आएका २३ जनालाई केन्द्रीय सदस्य मनोनयन ग¥यो । तर नेपाल पक्षले यसमा कडा आपत्ति जनायो । र जनाई रहेको छ । अहिले पार्टीमा मिल्न नदिने तत्व भनेको नै फागुन २८ को निर्णय हो । ओली त्यसबाट पछाडि हट्ने पक्षमा छैनन् भने माधव नेपाल अगाडि बढ्ने पक्षमा छैनन् ।

उत्ता पार्टी एकीकरण नभई कुनै पक्षमा लाग्दिन भन्ने सो पार्टीका उपाध्यक्ष वामदेव गौतम भने दोबाटोमा बिलाएका छन् । उनी अध्यक्ष ओलीको निर्णयमा सहमत छैनन् तर नेपाल पक्षसंग सहकार्य गर्ने मनस्थितिमा पनि छैनन् । बिहीबार बेलुका डिनरका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका गौतम पार्टीमा आएर काम गर्न प्रधानमन्त्रीले आग्रह गर्दा उनले पनि फागुन २८ अघि फर्कन आग्रह गरे । तर ओली टसमस भएनन् । त्यसपछि गौतम डिनर छाडेर नै बालुटारबाट बाहिरिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);