धरहरा पुन:निर्माण अभियानले अझै सार्थकता पाएन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

धरहरा पुन:निर्माण अभियानले अझै सार्थकता पाएन

dharahara

फूलमाया आले
काठमाडौं, २१ चैत
। एमाले अध्यक्ष केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री बन्दा सुरु गरेको ‘म बनाउँछु मेरो धरहरा’ अभियानले अझै सार्थकता पाएको छैन । अभियान सुरु भए पनि धरहरा कसले बनाउने र कस्तो स्वरुपमा बनाउने भन्ने विवादले अझै काम अघि बढ्न सकेको छैन ।

विक्रम संवत २०७२ सालको भूकम्पले ढालेको धरहरा कहिले ठडिने हो अझै टुंगो छैन । मध्य काठमाडौंमा रहेको ऐतिहासिक सम्पदाको पुनर्निमाणले गति नलिँदा पुनः धरहरा ठडिनेमा आशंका पैदा हुन थालेको छ । प्रधानमन्त्री ओलीले नेपालीबाटै रकम जुटाएर ‘मै बनाउँछु मेरो धरहरा’ भन्ने अभियान सुरु गरे पनि एकपछि अर्काे विवाद निस्कँदा पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन । केपी ओली पछि दुई जना प्रधानमन्त्री बनेर ओली पुनः प्रधानमन्त्री बनिसक्दा पनि धरहरा कस्तो संरचनामा बनाउने भन्नेमा अलमल कायमै छ ।

त्यतीबेला धरहरा पुनर्निर्माणको जिम्मा पाएको नेपाल टेलिकमले धरहरा क्षेत्रभित्र व्यवसायीक स्टल राख्न पाउनुपर्ने माग राखेपछि राष्ट्रिय पुननिर्माण प्राधिकरण आफैले धरहरा बनाउने जिम्मा लिएको थियो । तर, पुनर्निर्माणको काम भने अहिलेसम्म अघि बढ्न सकेको छैन । प्राधिकरणले प्राविधिक पक्षका विषय टुङगिने बितिकै चालू आर्थिक वर्ष भित्रै धरहराको पुनर्निमार्णका लागि टेन्डर आह्वान गर्ने जनाएको छ । प्राधिकरणको अहिले तयार पारेको डिजाइन अनुसार गुम्बज बाहेक नै २२ तल्लाको कुल ८७ दशमलव ६ मिटर उचाईको धरहरा बन्ने जनाएको छ ।

प्राधिकरणले धरहरा काठमाडौंको चिनारी दिने सम्पदा भएकाले यसलाई पुरातत्व विभागकै डिजाइनमा निर्माण गर्नुको विकल्प नभएको बताएको छ । तर, काठमाडौ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी भने भत्किएको धरहराको ठुटोलाई २०७२ सालको भूकम्पको स्मारकका रूपमा यथावत् राखेर त्यस वरपरका ऐतिहासिक सुन्धारा, टक्सार विभाग र गोश्वारा हुलाक कार्यालय रहेको स्थानलाई समेत समेटेर संग्राहालय बनाउनुपर्ने बताउछिन् ।

भूकम्प गएको ३ वर्ष बितिसक्न लागेपनि परम्परागत तथा एतिहासिक सम्पदा निर्माणको काम सरु नहुनु विडम्बना हो । त्यसमा पनि विभिन्न किसिमका विवादहरु आएर आ–आफ्नै इच्छा अनुसार बनाउछु भन्नु कतिको उचित छ । यो विषयमा सम्बन्धित निकायले ध्यान दिँदै भूकम्पले क्षति पुर्याएको सांस्कृतिक र एतिहासिक सम्पदाको बेलैमा पुनर्निर्माण गर्न सम्बन्धित निकाय सचेत हुन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);