उठ्यो ढलेको धरहरा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उठ्यो ढलेको धरहरा (भिडियाेसहित)

विसं २०७२ बैशाख १२ गते शनिबार गएको भुकम्पमा परि ढलेको धरहरा पाँच बर्ष पछि फेरि ठडिएको छ । प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्माले, “मेरो धरहरा म आफैं बनाउँदछु” भन्ने नाराका साथ शुरु गरेको निर्माण अभियान सभ्म्पन्न भएको छ ।

काठमाण्डौ उपत्यकाको पहिचान बोकेको राष्ट्रिय धरोहर धरहरालाई प्रधानमन्त्री ओलीले लोकार्पण गर्नु भएको हो । २०७२ बैशाखको भुकम्पको ग्रास बन्न पुगेको धरहरा मात्रै हैन उपत्यकाका अन्य थुप्रै सम्पदाको पुननिर्माणमा सरकार सफल भएको छ ।

उपत्यकाका मन्दीर, सत्तल, स्मारक, विद्यालय जस्ता थुप्रै सम्पदाको पुननिर्माण सम्पन्न भएको छ । रानीपोखरी यस अघिनै जनताका नाममा अर्पण भई सकेको छ । वर्तमान ओली सरकारले आफ्नो यो तीन बर्षे कार्यकालमा सिन्का समेत नभाँचेको आरोप लगाउनेहरुलाई धरहरा लोकार्पण चड्कन नै बनेको छ ।

भुकम्पले क्षती पु¥याएका सम्पदाको पुननिर्माण मात्रै हैन राष्ट्रिय प्राथमिकतामा परेका अन्य थुप्रै विकास आयोजनाहरु पनि यतिबेला कुनै सम्पन्न हुने चरणमा पुगेका छन् भने कुनै तीब्र गतिले आफुलाई सम्पन्न गर्ने होडमा दौडिएका छन् ।

भुकम्पकै कारण क्षतीग्रस्त काठमाण्डौको ऐतिहासिक रानी पोखरी, दरबार हाईस्कुल, र पछिल्लो क्रममा धरहराको निर्माण सम्पन्न भएको छ । योसँगै ऐतिहासिक काष्ठमण्डप निर्माणको अन्तिम चरणमा रहेका छन् भने भूकम्पले ढलेका उपत्यकाका तीनै शहरका अन्य सम्पदा समेतको पुननिर्माणले गति लिएको छ ।

आज जनतामा लोकार्पण भएको धरहराको पहिलो निर्माण तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विसं १८८२ सालमा गराएका थिए । यतिबेला यो धरहरा ११ तलाको थियो । बिक्रम सम्वत् १९९० सालको भूकम्पले धरहरा भत्किएपछि राणा प्रधानमन्त्री जुद्ध शमशेरले ९ तलाको धरहरा निर्माण गराएका थिए ।

यतिबेला निर्माण सम्पन्न भएको भित्रि तहमा २२ तला रहेको धरहरा २०७२ मा भत्किएको पुरानो धरहराको भग्नावशेषको छेवैमा बनाईएको छ । यसअघि सरकारले धरहरा लोकापर्ण कार्यलाई भब्यताका साथ मनाउने तयारी गरेको भएपनि यसैबिच कोरोना महामारी पुनः फैलिएपछि सरकारले उद्घाटन कार्यक्रमलाई औपचारिकतामा मात्रै सिमित गरेको छ ।

यद्यपी जनताको चासोमा परेको धरहराको लोकापर्ण कार्यक्रममा जनताको समेत संलग्नता जनियोस् भन्नैका लागि धरहरा पुननिर्माणमा नेतृत्व लिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले उद्घाटन कार्यक्रम अवलोकनका लागि वैकल्पिक व्यवस्था समेत गरेको थियो ।

पुनर्निर्मित धरहराको पुननिर्माणमा बिगतमा प्रयोगमा ल्याईएको सुर्कीचुनाको सट्टा सिमेन्ट तथा फलामे डन्डी प्रयोग गरिएको छ । बैशाख ११ गते ११ बजे प्रधानमन्त्री ओलीले लोकार्पण गर्नु भएको भएपनि धरहरा वरिपरिका क्षेत्रमा निर्माण भईरहेका अन्य संरचनाको काम नसकिएकै कारण सर्वसाधारणका लागि खुला हुन भने अझै केही महिना लाग्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);