धरहरा पुननिर्माण अन्योलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

धरहरा पुननिर्माण अन्योलमा

फूलमाया आले
काठमाडौं, ६ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री बन्दा सुरु भएको ‘म बनाउँछु मेरो धरहरा’ अभियानले अझै सार्थक भएको छैन् । केपी ओली पछि दुई जना प्रधानमन्त्री बनेर ओली पुनः प्रधानमन्त्री बनिसक्दा पनि धरहरा पुननिर्माणले गति लिन सकेको छैन ।

विक्रम संवत १९९० सालमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप निमार्ण गरेको धरहरा २०७२ साल वैशाख १२ गते गएको भुकम्पको कारण पूर्ण रुपमा ध्वस्त भयो । धरहरा पुननिमार्णका लागि वर्तमान प्रधानमन्त्री केपी ओलीले २०७२ सालमा प्रधानमन्त्री हुँदा ‘म बनाउँछु मेरो धरहरा’ अभियान समेत सुरु गरे । ओली पछि दुई जना प्रधानमन्त्री भएर पुन ओली प्रधानमन्त्री बनेका छन् तर, भत्तिकएको धरहराको अवस्था भने जस्ताको त्यस्तै छ ।

धरहरा पुनर्निर्माणको जिम्मा पाएको नेपाल टेलिकमले धरहरा क्षेत्रभित्र्र व्यवसायीक स्टल राख्नपाउनुपर्ने बताएपछि पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिइएको थियो । तर निर्माणको काम भने अघि बढ्न सकेको छैन । प्राधिकरणले पुरातत्व विभाग र प्राविधिक तथा विज्ञहरुसँग छलफल भइरहेकाले डिजाइन फाइनल हुनेबित्तिकै पुननिमार्णको काम अघि बढ्ने जानएको छ ।

प्राधिकरणले धरहरा काठमाडौंको चिनारी दिने सम्पदा भएकाले यसलाई पुरातत्व विभागकै डिजाइनमा निर्माण गर्नुको विकल्प नभएको बताएको छ ।
भूकम्प गएको ३४ महिना बितिसक्न लागेपनि परम्परागत तथा एतिहासिक सम्पदा निर्माणको काम सरु नहुनु विडम्बना हो । भूकम्पले क्षति पुर्याएको सांस्कृतिक र एतिहासिक सम्पदाको बेलैमा पुनर्निर्माण गर्न सम्बन्धित निकाय सचेत हुन जरुरी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);