भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण शूरु | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण शूरु

dharahara

काठमाडौं, १४ कात्तिक । विनाशकारी भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण शूरु भएको छ । सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन काम शूरु गरेको हो ।

२९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् । २०७२ सालको भुकम्पमा भत्किएको काठमाडौंको धरहराको पूनःनिर्माणको कामले गति लिएको छ । ३ वर्षसम्मको गलफन्ती पछि वल्ल आएर धरहरा बन्ने प्रक्रिया शुरु भएको हो ।

सधैँभरी चर्चा र विवादमा रहेको धरहरा यसपटकको प्रक्रिया विना अवरोध अगाडि बढ्नेमा ढुक्क रहेको राष्ट्रिय पूनः निर्माण प्रधिकरणले जनाएको छ । पटक–पटकका प्रधानमन्त्री हुँदै हालका प्रधानमन्त्री केपी शर्माले ओलीले समेत ‘मेरो धरहरा मै बनाउँछु’ भन्ने अभियान समेत शुरु गरेका थिए । तर, पुरा हुन नसेको त्यो अभियानमा जम्मा भएको २४ करोड रुपैयाँ अहिले बन्न लागेको धरहरामा खर्च गरिने प्राधिकरणले बताएको छ ।

अब बन्ने धरहरामा लिफ्ट र भर्याङसमेत राखिनेछ । भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ । कूल २४ रोपनी क्षेत्रफलमा धरहरा, पार्किङ र बगैँचासमेत बनाइने भएको छ । भीमसेन थापाका पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा तीन वर्षअघिको भूकम्पसहित चारपटक ढलिसकेको छ । धरहरा पटकपटक ढलेकाले पुरानो संरचना यथावत् सिसाले छोपेर २२ तलाको नयाँ बनाउने प्राधिकरणको तयारी छ ।

यसअघिको धरहरा नौ तलाको थियो । नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने भएको छ । धरहरा पुनर्निर्माणको काम शुरु भईसकेको र त्यसको जग हाल्ने कामका लागि खन्ने काम सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जीआईईटिसी र रमन जेभीलाई धरहरा पुननिर्माणको जिम्मा दिएको छ । कम्पनीले ३ अर्ब ४५ करोडमा धरहरा निर्माणको जिम्मा छ । धरहरा ११ तलाको बन्नेछ । भित्री संरचना भने २२ तलाको हुनेछ ।

धरहरा बाहिरबाट हेर्दा पुरानैजस्तो देखिए पनि भित्री भाग आधुनिक हुनेछ । अहिले भग्नावशेष रहेको धरहराको भागलाई संरक्षण गरेर राखी नयाँ धरहरा बनाइने छ । धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुने छ । बेसमेन्टमा तलमाथि गर्नका लागि लिफ्टको व्यवस्था गरिने छ । धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रर्दशनीमा राखिने छ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्री समेत हुने प्राधिकरणले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);