निर्माणकार्य नभएपनि खुल्ने भयो रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिर तिहारको भाईटिकाको दिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

निर्माणकार्य नभएपनि खुल्ने भयो रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिर तिहारको भाईटिकाको दिन

ranipokhari

फूलमाया आले

काठमाडौं, १४ कात्तिक ।  भूकम्पले क्षति पुर्याएको राजधानीको रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिर सर्वसाधारणका लागि तिहारको भाईटिकाको दिन खुला गरिने,मन्दिरको पुन निर्माण भने अझै हुन सकेन ।

भुकम्प गएको साढे तीन वर्ष सम्म विवाद नै विवादमा फसेका कारण रानीपोखरी स्थीत बालगोपालेश्वर मन्दिरको निर्माण कार्य सम्पन्न हुन सकेको छैन । तर यस वर्ष पनि तिहारको भाइटीकाको दिन सर्वसाधारणका लागि खुला गर्ने पुरातत्व विभागको योजना छ ।

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले आधुनिक निर्माण सामग्री प्रयोग गरेपछि पुरातत्व विभागले पुनर्निर्माणको काम रोकेको थियो । त्यसपछि मन्दिरको नयाँ डिजाइन तयार पारेर गुम्बज शैलीमा पुरातत्व विभाग आफैले बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गरिरहेको छ । तर सम्पदा बचाउ अभियान समितिले बालगोपालेश्वर मन्दिर शिखर शैलीमा निर्माण गर्नुपर्ने भन्दै विरोध जनाएपछि पुन रोकिएको छ । यस्तै विवाद नै विवादमा फसेका कारण भुकम्प गएको साढे तीन वर्षसम्म बालगोपालेश्वर मन्दिरको निर्माण सम्पन्न हुन सकेको छैन । विभागले शैली विवादलाई छिट्टै सम्बोधन गर्ने जनाएको छ ।

बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण नसकिए पनि भाइटीकाको दिन सर्वसाधारणका लागि खुला गर्ने विभागको योजना छ । यसबर्षको तिहारको भाइटिकाको दिन पनि बालगोपालेश्वर महादेव मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिने विभागले जनाएको छ ।

बालगोपालेश्वर मन्दिरमा भाइटीकाको दिन दाजुभाइ नभएका दिदीबहिनी तथा दिदीबहिनी नभएका दाजुभाइले टीका लगाउने गर्छन् । प्रताप मल्लले बनाएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको १९९० सालको भूकम्पमा गजुर भत्किएपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशरेले रानीपोखरी मन्दिरको पुनर्निर्माण गरेका थिए । तर २०७२ सालको भूकम्पले पुन क्षति पु¥याएपछि अहिले रानीपोखरी घाँसे मैदान जस्तो भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);