रानीपोखरी गुरुयोजना अनुसार चरणवद्ध निर्माण गरिने मेयर शाक्यको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

रानीपोखरी गुरुयोजना अनुसार चरणवद्ध निर्माण गरिने मेयर शाक्यको भनाई

काठमाडौं, ६ कार्तिक । काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणवद्ध रुपमा अगाडी बढाउने भएको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रानी पोखरी गुरुयोजना अनुसार बाँकी रहेका काम चरणवद्ध रुपमा निर्माण गरिने बताउनु भएको हो । रानीपोखरीको मुख्य प्रवेशद्धार र ऐतिहासिक पार्टी लगायतका संरचनाको निर्माण गर्न बाँकी रहेको छ ।

त्यस्तै गुरुयोजना अन्तर्गत त्रिचन्द्र कलेज,प्रहरी आयुक्तको कार्यालय,शान्तिबाटिका,रत्नपार्क लगायतलाई समावेश गरी बृहत रानीपोखरीको रुपमा विकास गरिने मेयर शाक्यले बताउनुभयो ।

रानीपोखरीको मुख्य पोखरी र बालगोपालेश्वर मन्दिरको काम बाहेक महानगरपालिकाले बनाएको गुरुयोजना अनुसार बृहत रानीपोखरीको विकास गर्न भने बाँकी छ । मेयर शाक्यका अनुसार रानीपोखरी विस्तारको काम सम्पन्न भइसकेपछि खुलापार्कको रुपमा नागरिकको लागि खुल्ला हुनेछ । तर पोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर भने भाइटिकाको दिन मात्रै खुल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);