ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण अलपत्र | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

विक्रम श्रेष्ठ, २४ भदौ, काठमाडौं ।
राजधानीको केन्द्रमा रहेको रानीपोखरी अहिले कुरुप अवस्थामा छ । ०७२ साल बैशाखको भूकम्पपछि सुकेको रानीपोखरीको पुननिर्माणका लागि महानगरपालिकाले लोभलाग्दो प्राविधिक योजना ल्यायो । तर ती योजना कार्यान्वयन नहुँदा रानीपोखरीको वास्तविक रुपरंग नै बिर्सने अवस्थामा पुगेको छ ।

काठमाडौँमा पाइला टेक्ने अक्सर मानिसको आँखामा बस्ने एउटा दृश्य हो रानीपोखरी । दुइ बर्ष पहिलेको यो सुन्दरता भूकम्पपछि भग्नाबशेषमा परिणत भयो । राजधानीको केन्द्र भागमा रहेको रानीपोखरीको पुनःनिर्माणका लागि सरकारले डेढबर्ष अघि नै प्राविधिक योजना ल्याएको थियो । उक्त योजना अनुसार प्राविधिक नक्साङकनमा अब बन्ने रानीपोखरी यस्तो देखिने छ । तर कार्यन्वयन तह भने अत्यन्तै फितलो बन्दा रानीपोखरीको मुहार तत्काल फेरिने अवस्था छैन । पुनर्निर्माणको ठेक्का पाएका तीनवटा कम्पनी वल्र्ड वाइड, कँडेल र केएकेजीलेले संयुक्त रुपमा ०७३ जेठबाट काम थालेका थिए । त्यो समय पुनर्निर्माण १५ महिनाभित्र सक्ने लक्ष्य राखीएको थियो । तर समय गुज्रीसक्दा पनि रानीपोखरीको काम देखिने गरि अघि बढेको छैन । रानीपोखरी आसपास भएर हिड्ने सर्वसाधरण भने विग्रिएको रानीपोखरीको रुप नफेरिँदा निराश छन् ।

पोखरीबीचमा रहेको बालगोपालेश्वर महादेव मन्दिर पुननिर्माणका लागि पुरातत्व विभागले काम गरिरहेको छ । तर पोखरीको चारैतिर बगैंचा बनाउन पर्खाल लगाउने काम सुरु नहँुदै रोकिएको छ । हालै सम्पन्न स्थानिय तहको निर्वाचनबाट जनप्रतिनिधि आएपछि पोखरीको पुनर्निर्माण थप प्रभावित भएको छ । श्रोतका अनुसार जनप्रतिनिधिको समेत योजना घुसाउन खोज्दा योजना कार्यान्वयन थप कठिन भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार प्राविधिक नक्साङकनमा थप सुधार भएर नयाँ योजना आएपछि कामले गति लिने छ ।

योजना अनुसार रानीपोखरी ऐतिहासिक सम्पदा र मन्दिरको संरचना पुरानै शैलीमा राखेर पुनर्निर्माण गरिने छ । रानीपोखरीलाई पूर्णरुपमा मनोरञ्जन पार्कका रुपमा विकसित गरिने छ । पार्क २४ सै घन्टा खुला गरिने छ । रानीपोखरी परिसर ६० रोपनी क्षेत्रफलमा फैलिएको छ। पोखरीले मात्रे ४० रोपनी ओगटेको छ । १६७० सालमा राजा प्रताप मल्लले पुत्रवियोगको शोकमा डुबेकी आफ्नी रानीको मन वहलाउन रानीपोखरी बनाउन लगाएको इतिहासमा पाइन्छ । तर ऐतिहासिक रानीपोखरीको पुनः निर्माणको कामलाई गति दिने विषयमा सम्बन्धित निकाय त्यति गम्भीर भएको देखिदैन ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);