रानीपोखरीको पुन:निर्माण अन्यौलमा, चौथो पटक टेन्डर आह्वान गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रानीपोखरीको पुन:निर्माण अन्यौलमा, चौथो पटक टेन्डर आह्वान गर्ने तयारी

ranipokhari

फूलमाया आले
काठमाडौं, ७ माघ । २०७२ सालको भूकम्पले क्षति पु-याएको ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरपालिकाले पाएको छ । तर महानगरले गत कात्तिक २६ गते तेस्रो पटक आह्वान गरेको टेन्डर प्रक्रिया पनि स्थतिग भएपछि रानीपोखरीको निर्माणको काम झनै अलपत्र परेको छ ।

विनाशकारी भुकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको रानीपोखरी मन्दीरको राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ गते शिलान्याश गरेकी थिइन् । तर शिलान्यास गरेको ३ वर्ष बितिसक्दा समेत रानीपोखरी पुनर्निर्माणको काम अझै सुरु हुन सकेको छैन ।

रानीपोखरीको निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले २०७३ वैशाख १० गतेदेखि वल्र्डवाइड कँडेल केएन केजी जेभीलाई रानीपोखरीको पुनर्निर्माणको काम शुरु गर्ने गरी जिम्मा दिएको थियो ।

तर, निर्माणका क्रममा आधुनिक निर्माण सामग्रीको प्रयोग गरेपछि उत्पन्न विवादका कारण महानगरले उक्त कम्पनीसँगको ठेक्का रद्ध गरि गत भदौ ३ गते नयाँ टेन्डर आह्वान गरेको थियो ।

महानगरले आह्वान गरेको नयाँ टेन्डरमा २ वटा कम्पनीले आवेदन दिएपनि २ वटै कम्पनीको प्राविधिक पक्षको अध्ययन गर्दा असक्षम देखिएपछि उक्त टेन्डर पनि रद्ध गरेर महानगरले गत कात्तिक २६ गते तेस्रो पटक नयाँ टेन्डर आह्वान गरेको थियो ।

महानगरले तेस्रो पटक आह्वान गरेको उक्त टेन्डर प्रक्रियामा ३ वटा मात्र निर्माण कम्पनीले आवेदन दिएका थिए । आवेदन दिएका कम्पनी मध्ये एउटाको कागजपत्र नमिलेको, एउटाको व्यवसाय दर्ता प्रमाणपत्र नै नभएको र अर्काेले लागत इस्टिमेटभन्दा उच्च रकम माग गरेको कारण पुन टेन्डर प्रक्रियाको काम रोकिएको महानगरले जनाएको छ ।

रानीपोखरीको निर्माणका लागि आर्थिक विवाद नै प्रमुख कारण देखिएको छ । महानगरले तेस्रो पटक आह्वान गरेको टेन्डर प्रक्रियामा आवेदन दिएका कम्पनी मध्येबाटै एक कम्पनीसँग छलफल गरेर काम अगाडि बढाउँछ या अब चौथो पटक नयाँ टेन्डर आह्वान गर्छ त्यो अनिश्चित भएको छ ।

पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर बनाउने जिम्मा पुरातत्व विभागले लिएको छ भने पोखरीको वरिपरिको भाग बनाउने जिम्मा काठमाडौँ महानगरपालिकाले लिएको छ । महानगरले तोकेको पछिल्लो पटकको समय अनुसार गत पुषबाट नै रानीपोखरीको निर्माण सुरु गर्ने बताएको थियो ।

तर तेस्रो पटक आह्वान गरेको टेन्डर प्रक्रिया पनि प्राविधिक कारण स्थगित भएपछि रानीपोखरीको निर्माण झनै अन्योलमा पर्दै गइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);