नेपाली कांग्रेसका सांसदद्वारा राष्ट्रियसभाको बैठक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

नेपाली कांग्रेसका सांसदद्वारा राष्ट्रियसभाको बैठक अवरुद्ध

काठमाडौं, ७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमवारको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ । काग्रेसले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशिल कोइला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकार मातहत राख्न माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

नेपाली कांग्रेसका नेताका नाममा खुलेकै कारण पुर्वाग्रहसाथ सरकारले दुई संस्थालाई केन्द्र सरकारको मातहतमा नराखेर खारेजी गर्ने अवस्थामा पुर्याएको भन्दै त्यसको विरोधमा कांग्रेस सांसदहरुले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका हुन् ।

कांग्रेसले निर्णयप्रति घोर आपत्ती जनाउँदै दुवैलाई केन्द्र मातहतमा राख्ने निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा नेपाली कांग्रेस संसदीय दलका उपनेता बिजयकुमार गच्छदारले सरकारले प्रमुख प्रतिपक्षी दलप्रति ठुलो पुर्वाग्रह राखेर नेपाली कांग्रेसको इतिहासलाई मेटाउन खाजेको आरोप लगाए ।

राजनीतिक व्यक्तिको नाममा खोलिएको सबै अस्पताल, उपचार केन्द्र यथावत रहन्छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवद्धता जनाए पनि त्यस बिपरित काम गरेर प्रधानमन्त्रीले ढाँटेको गच्छदारको भनाई छ ।

गिरिजा प्रसाद कोइराला र शुशिल कोइरालाको विभिन्न राजनीतिक परिर्वतनमा ठुलो योगदान रहेको भन्दै उनले ती नेताको व्यक्तित्वलाई नेपाल सरकारले ओझेलमा पार्ने काम गरेको आरोप लगाए ।

गत पुष १९ गते बसेको मन्त्रीपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयले मुलुकका विभिन्न स्थानमा रहेका ११ वटा अस्पताल, उपचार केन्द्र र स्वास्थ्य केन्द्रलाई केन्द्र सरकारमै रहने गरि गठन आदेशको निम्ति गरेको प्रस्ताव मध्येबाट १० र ११ नम्बरका प्रस्तावलाई छोडेर बाँकी ९ वटा प्रस्तावमाथि मात्रै निर्णय गरेपछि कांग्रेसले त्यसको विरोध गर्दै आएको छ । प्रतिनिधि सभाको अर्काे बैठक मंगलवार बस्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);