सरकारले दुई तिहाईको दम्भ देखाएको भन्दै काँग्रेसले गर्‍यो संसद अवरोध | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

सरकारले दुई तिहाईको दम्भ देखाएको भन्दै काँग्रेसले गर्‍यो संसद अवरोध

काठमाडौं, ८ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मंगलबार बोलाइएको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पारेको छ । नेपाली काँग्रेसले पार्टीका पूर्व सभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल संघीय सरकारको मातहतमा ल्याउन माग गर्दै मंगलबार अपरान्ह बोलाइएको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पारेको हो ।

सभामुख कृष्णबहादुर महराले बैठकको सुरुमै काँग्रेस सांसद प्रकाशमान सिंहलाई बोल्ने समय दिएका थिए । उनले सरकारले दुई तिहाईको दम्भ देखाएर आफ्ना पार्टीको नेताको नाममा स्थापना गरिएको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताल संघीय सरकार मातहतमा राख्न नचाहेको आरोप लगाउँदै सो अस्पताल संघीय सरकारको मातहत ल्याउने निर्णय नगरेसम्म संसद बैठक संचालन गर्न नदिने चेतावनी दिए ।

उनले सो चेतावनी दिएलगत्तै काँग्रेस सांसदहरुले रोष्टम घेराउ गर्न पुगेका हुन । यसैबीच, सभामुख महराले काग्रेसको सो मागका सम्बन्धमा आफूले सरकारको ध्यानाकर्षण गराइसकेको उल्लेख गर्दै संसद बैठक सूचारु गराउन काँग्रेसका सांसदहरुलाई आग्रह गरेका थिए । तर काँग्रेस सांसदहरुले सभामुख महराको सो आग्रह नटेरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

काँग्रेसले आफ्ना पार्टीको नेताको नाममा स्थापना गरिएको दुई अस्पताल संघीय सरकारको मातहत राख्ने निर्णय तत्काल गर्न दवाव दिँदै सोमबार पनि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध पारेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);