१५ मिनेटका लागि काँग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

१५ मिनेटका लागि काँग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध

samsadh

काठमाडौं, ७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई सरकारले केन्द्र मातहतमा नराख्ने निर्णयको विरोध गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।

सोमबारको बैठकमा काँग्रेस सांसद विजयकुमार गच्छदारले सरकारले गठन आदेशमार्फत निर्णय नसच्चाएसम्म बैठक चल्न नदिने घोषणा गरेका थिए । लगत्तै काग्रेस सांसदहरु आसनबाट उठेका थिए । सभामुखले बस्न आग्रह गर्दापनि काँग्रेस सांसद आसन ग्रहण नगरेपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित गरेको घोषणा गरेका थिए ।

त्यसअघि बैठकमा बोल्दै काँग्रेस सांसद विजयकुमार गच्छदारले एउटा प्रधानमन्त्रीको कार्यकालमा निर्णय गर्ने र अर्को प्रधानमन्त्री भएपछि उल्ट्याउने प्रकृया गलत भएको भन्दै ती अस्पतालहरु संघीय सरकार मातहत राख्न माग गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);