ओली सरकारबारे डा.युवराज संग्रौलाको खास खुलासा, बलियो सरकार किन लुरे भयो ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ओली सरकारबारे डा.युवराज संग्रौलाको खास खुलासा, बलियो सरकार किन लुरे भयो ? (भिडियोसहित)

kharo prasna

काठमाडौं, ७ माघ ।  नेपालको राजनीति विचित्र ढंगबाट अघि बढिरहेको छ संबिधान सभाको निर्बाचन अगाडी राजिनिती दलहरुले संबिधान जारी भएपछि मुलुक सम्बृद्धिको पथमा लान्छौ भन्ने आस्वासन बाढे र  स्थिर सरकार आएपछि कुनै बाधा अवरोध बिना बिकाशको पथमा सर्रर्र हिड्छ  भनेर राजनीतिक दलहरुले भनेकै थिए।

हामीसँग अहिले  संबिधान पनि छ संबिधानसभाबाट जारी भएको र बहुमत सरकार पनि छ  त्यो पनि दुई तिहाई तर सम्बृद्धि त आएन नि भनेर आम मानिसहरु भनिरहेका छन् ।

राजनीति  दलकै कुरा गर्ने हो भने रास्ट्रीय मुद्दा के हो भनि छुट्याउन  नसकी रहेको अवस्थामा छ र साझा धारणा  पनि बनेको देखिएको छैन ।

धेरै राजनिति दलको बिचमा नभएर एउटै राजनिति दलमा पनि एउटै साझा धारणा बनाएर अघि बढ्न सकिरहेको छैन र यसरी टुक्राउने, छुट्याउने र यसरी बिभत्स गर्ने तत्व के हो ? अब सुक्ष्म ढंगले छुट्याउने बेला आएको छ।

मूलतः हाम्रो राजनीती किन यसरी बिसंकलित भइ रहेको छ  यी र यस बिषयमा गहन ढंगले गरिएको कुराकानी कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले प्रा.डा. युवराज संग्रौलासँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);