प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा राष्ट्रियसभाको बैठक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा राष्ट्रियसभाको बैठक अवरुद्ध

काठमाडौं, ७ माघ । नेपाली कांग्रेसका सांसदद्वारा राष्ट्रियसभाको बैठक अवरुद्ध, जिपी कोइराला श्वासप्रश्वास केन्द्र तथा शुशिल कोइराला क्यान्सर अस्पताललाई केन्द्र मातहत राख्न माग गरेको छ ।

जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्ब केन्द्र सरकार मातहत राख्न माग गर्दे राष्ट्रियसभाको आईतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदन संञ्चालनमा अवरोध गरेको हो । राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराउना साथै कांग्रेसका सांसदहरुले सदनको ध्यानाकर्षण गराएका थिए । नेपाली कांग्रेसका राष्ट्रियसभाका प्रमुख सचेतक सरिता प्रसाईँले मुलुकभरका ११ मध्ये ९ वटा उपचार केन्द्रलाई संघीय सरकार मातहत राख्ने र बाकी दुईलाई मात्रै संघीय सरकार मातहत नल्याई त्यत्तिकै राख्ने सरकारको निर्णय प्रति गम्भीर आपत्ती जनाउदै ती दुई संस्थालाई पनि केन्द्रीय सरकार मातहत ल्याउने निर्णय नभईन्जेल सदनको कारवाही अघि बढ्न नसक्ने बताए ।

अध्यक्षको अनुमतिमा सरकारको तर्फबाट स्वास्थय तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र कुमार यादवले दुई अस्पतालको बारेमा खाजेर हुने वा नहुने भन्ने कुनै पनि निर्णय नभएको जानकारी गराएपछि पनि कांग्रेस सांसदहरुले उभिएर विरोध गरिरहेका थिए । आसन ग्रहणका लागि अध्यक्षकले पटक पटकको आग्रह गरेपनि कांग्रेस सांसदहरुको विरोध जारी रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);