‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गर्ने प्रक्रियामा सहभागी हुन विपक्षीलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गर्ने प्रक्रियामा सहभागी हुन विपक्षीलाई आग्रह

sadan

काठमाडौं, ७ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गर्ने संसदीय प्रक्रियामा सहभागी हुन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आग्रह गरेको छ ।

जिपी कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताल केन्द्र सरकारको मातहतमा राख्न माग गर्दै सोमबार संसद बैठक अवरुद्ध पारेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गर्ने संसदीय प्रक्रियामा भने अवरोध नपु-याउन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आग्रह गरेका हुन् ।

सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले काँग्रेसले राखेको दुवै अस्पताललाई केन्द्र सरकारको मातहतमा राख्नुपर्ने मागमा थप छलफल गर्न सकिने उल्लेख गर्दै सो विधेयक भने संसद बैठक अघि बढाएर पारित गराउनुपर्ने आवश्यक्ता औंल्याए ।

विधि र प्रक्रियासम्मत ढंगले संसदीय समितिले समेत पारित गरेर ल्याएको सो विधेयक पारित गराउन भने काँग्रेसले संसदमा अवरोध गर्न नमिल्ने सत्तारुढ नेकपाका प्रतिनिधिसभाका प्रमुख सचेतक गुरुङको तर्क छ ।

यता, नेपाली काँग्रेसले भने तनहुँमा स्थापना गरिएको जिपी कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेमा स्थापना गरिएको सुशील कोइराला क्यान्सर अस्पताल केन्द्र सरकारकै मातहतमा ल्याउन सरकारलाई दवाव दिँदै सोमबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको दुवै बैठक अवरुद्ध पारेको थियो ।

सो सम्बन्धमा भने प्रधानमन्त्री केपी ओलीसँग पुनः छलफल गरेर अघि बढन सकिने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाका प्रमुख सचेतक गुरुङको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);