कांग्रेसले संसद बैठक अवरुद्ध पारेकोमा बाबुराम भट्टराईको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेसले संसद बैठक अवरुद्ध पारेकोमा बाबुराम भट्टराईको असन्तुष्टि

Baburam-bhattrai-1

काठमाडौं, ७ माघ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद बैठक अवरुद्ध पारेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

संयोजक भट्टराईले संसदमार्फत् जनताको माग सम्बोधन गर्न जिम्मेवार बन्न सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आग्रह गरेका छन् । नेपाली कांग्रेसले संसद बैठक अवरोध गरेको प्रति आपत्ति जनाउँदै भट्टराईले सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष काँग्रेस संसदमार्फत् जनताको समस्या समाधान गर्न गम्भिर नभएको भन्दै चिन्ता पनि व्यक्त गरे ।

सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफमा उनले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन हुने गरी ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’मा सहमति जुटाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

संयोजक भट्टराईले संसद बैठक सूचारु गराउने दायित्व पूरा गर्न सरकारलाई र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई सुझाव दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);