राष्ट्रिय सभाको मंगलबारको बैठक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८३, सोमबार

राष्ट्रिय सभाको मंगलबारको बैठक अवरुद्ध

sadan

काठमाडौं, ८ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुका कारण राष्ट्रिय सभाको मंगलबारको बैठक अवरुद्ध भएको आरोप लगाएको छ ।

राष्ट्रियसभाका विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले आफूहरुलाई बोल्न नदिने षडयन्त्र गरेपछि राष्ट्रियसभाको मंगलबारको बैठक बुधबारसम्म स्थगित भएको आरोप लगाए।

उनले संघीय संसद भवन परिसरमा संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सत्तारुढ दलका सांसदहरुले संसदमा आफूहरुलाई बोल्न नदिन संसद बैठक अवरोध गर्न पुगेको दावी समेत गरेका छन् ।

विपक्ष दलका नेता पाण्डेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको सहमति अनुसार आफूहरुले बोल्न पाउन पर्ने माग गर्न साथ सत्ता पक्षका सांसदहरुले उठेर विरोध गरेको बताए । विपक्ष दलका नेता पाण्डेले सरकारले विधेयक पेश नगरेकाले राष्ट्रियसभाको बैठक प्रभावकारी नदेखिएको पनि स्पष्ट पारे ।