केसीको पक्षमा नागरिक सत्याग्रह जारी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

केसीको पक्षमा नागरिक सत्याग्रह जारी

काठमाडौं, ८ साउन । वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न दवाव दिँदै काठमाडौंको बसन्तपुरमा आईतबारबाट सुरु गरिएको सामूहिक नागरिक सत्याग्रहलाई निरन्तरता दिइएको छ ।

सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाईमा बसन्तपुरमा आईतबार विहान १० बजेदेखि सुरु गरिएको सामूहिक नागरिक सत्याग्रहलाई तेस्रो दिन मंगलबार पनि निरन्तरता दिइएको हो । डा. केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली गम्भिर नभएपछि दवावको कार्यक्रमलाई निरन्तरता दिइएको सत्याग्रहमा सहभागी निरञ्जन चापागाईँले जानकारी दिए ।

२५ दिनदेखि आमरण अनसनमा बसेका वरिष्ठ चिकित्सक केसीको माग सरकारले बेवास्ता गरेपछि आफूहरु सामूहिक नागरिक सत्याग्रहमा सहभागी हुनु परेको उनका समर्थकहरुको भनाई छ ।

वरिष्ठ चिकित्सक केसीले चिकित्सा क्षेत्रको समग्र विकासका लागि लिएको अडान सही रहेको र उनको माग सम्बोधन गर्न ढिलाई नगर्न पनि सत्याग्रहमा सहभागी भएकाहरुले सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । केसीको माग सम्बोधन गर्न नागरिक समाजका अगुवाहरुले सरकार विरोधी आन्दोलनलाई पनि तीब्रता दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);