डा. गोविन्द केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

डा. गोविन्द केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग

govinda kc

फाइल फोटो

काठमाडौं, २ असोज । नेपाल चिकित्सक संघले जुम्लामा सत्याग्रहमा बस्नुभएको डा. गोविन्द केसीका जायज माग सम्बोधन गर्दै जीवन रक्षा गर्न माग गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले चिकित्सा शिक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका अभियन्ता केसीले बिगत ५ दिनदेखि सुरु गर्नुभएको सत्याग्रहका सम्बन्धमा सरकारले कुनै चासो व्यक्त नगरेकोप्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।

विज्ञप्तिमा ६० वर्ष पूरा भइसकेका एक जना चिकित्सकले चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको माग गर्दा पनि सरकारको तर्फबाट सम्झौताको कार्यान्वयन नहुँदा सत्याग्रहमा बस्नुपरेको चिकित्सक संघले बताएको छ ।

‘गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति नेपाल सरकारले गम्भीर रुपमा मनन गरी अविलम्ब वार्ताद्वारा जायेज मागहरुको स्म्बोधन गर्दै उहाँको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);