नेपालमा एकैदिन २ हजार २० जनामा कोरोना संक्रमणको पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा एकैदिन २ हजार २० जनामा कोरोना संक्रमणको पुष्टि

corona virous

काठमाडौं, २ असोज । नेपालमा हालसम्मकै उच्च संख्या कोरोना संक्रमित देखिएका छन् । पछिल्लो २४ घन्टामा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप २ हजार २० संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ५३ पुगेको छ ।

शुक्रबार देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ५ सय २१, प्रदेश नम्बर २ मा ८ सय ९०, बागमती प्रदेशमा ५ हजार २ सय ९६ र गण्डकी प्रदेशमा ८ सय ६३ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ६३, कर्णाली प्रदेशमा २ सय ८५ र सुदूरपश्चिम प्रदेशमा २ सय ७७ जना गरी आज देशभरी ९ हजार २ सय ९५ जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ९०, प्रदेश नम्बर २ मा १ हजार ७७, बागमती प्रदेशमा ४ हजार १ सय ९७ र गण्डकी प्रदेशमा १ सय ८७ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ३७, कर्णाली प्रदेशमा १ सय ८६ र सुदूरपश्चिम प्रदेशमा ३ सय १४ गरी देशभरी ८ हजार ८८ जना होम आइसोलेसनमा हरेका छन् ।

शुक्रबार आइसियुमा १ सय ७३ र भेन्टिलेटरमा ३६ जना संक्रमित उपचाररत रहेका छन् । आज ८ सय ७१ जना संक्रमति डिस्चार्ज भएका छन् । आजसम्मद प्रदेश नम्बर १ मा३ हजार ८ सय ४७, प्रदेश नम्बर २ मा ११ हजार ९ सय, बागमती प्रदेशमा ९ हजार ७ सय ७१ र गण्डकी प्रदेशमा २ हजार ५ सय ३४ जना डिस्चार्ज भएका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ९ सय ६०, कर्णाली प्रदेशमा ६ हजार ६ सय ५७ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ५१ जना गरी आजसम्म ४३ हजार ८ सय २० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);