चीनको १० टन क्षमताको विद्युतीय व्यावसायिक विमानको पहिलो मानवसहित सफल उडान | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २९ २०८३, आइतबार

चीनको १० टन क्षमताको विद्युतीय व्यावसायिक विमानको पहिलो मानवसहित सफल उडान

चीनले स्वदेशमै विकास गरेको १० टन वर्गको विद्युतीय व्यावसायिक विमानले पहिलोपटक मानवसहितको सफल परीक्षण उडान गरेको छ । शनिवार चीनको पूर्वी शान्दोङ प्रान्तस्थित बिन्झाउमा ‘सीई–२५ए’ नामक उक्त विमानले पहिलो मानवसहितको बौद्धिक परीक्षण उडान पूरा गरेको हो । चीनको व्यावसायिक विमान निर्माण कम्पनी (कोम्याक) ले विकास गरेको उक्त विमानमा दुई जना पाइलट र एक जना उडान परीक्षण इन्जिनियर सवार थिए । परीक्षण उडानका क्रममा विमानले सामान्य रूपमा काम गरेको र सबै प्राविधिक सूचक अपेक्षाअनुसार रहेको जनाइएको छ । सीई–२५ए विमानले एकपटकमा १९ जनासम्म यात्रु बोक्न सक्ने क्षमता राख्छ। यसको उडान गति प्रतिघण्टा ३०० किलोमिटर रहेको छ भने एकपटकमा करिव ४०० किलोमिटरसम्म दूरी पार गर्नसक्छ । विद्युतीय प्रविधिमा आधारित यस विमानको सफल मानवसहितको परीक्षणलाई चीनको व्यावसायिक हवाई यातायात तथा विद्युतीय विमान विकासको क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यस प्रविधिको विकासले भविष्यमा छोटो दूरीका हवाई यात्रालाई थप सहज बनाउन तथा परम्परागत इन्धनमा निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply