ताइवानको हवाई क्षेत्रमा ३८ चिनियाँ लडाकु विमानको उडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ताइवानको हवाई क्षेत्रमा ३८ चिनियाँ लडाकु विमानको उडान

एजेन्सी । ताइवानले आफ्नो हवाई क्षेत्रमा चिनियाँ लडाकु विमानले उडान भरेको दाबी गरेको छ । चीनको स्थापना दिवसमा शुक्रबार ३८ लडाकु विमानले ताइवानको हवाई क्षेत्रमा दुई पटक उडान भरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । ताइवानले यो घटनलाई हवाई क्षेत्रको अहिलेसम्मकै सबैभन्दा ठूलो अतिक्रमण भनेको छ । 

ताइवानको रक्षा मन्त्रालयका अनुसार चीनका १८जे-१६, चार सुखाइ-३० लडाकु विमान, परमाणु क्षमताका दुई वटा एच-६बम्बर्स र एउटा एन्टी-सबमरिन लडाकु विमान ताइवान सीमा क्षेत्रमा उडान भरेका हुन् । त्यसपछि थप १३ चिनियाँ लडाकु विमानले हवाई सीमामा प्रवेश गरेको ताइवानको दाबी छ । तर, यसबारे  चिनियाँ पक्षको औपचारिक धारणा आइसकेको छैन ।

ताइवान चीनले हवाई क्षेत्रमा अतिक्रमण गरेको आरोप पटकपटक लगाउँदै आएको छ । खासगरी ताइवान नियन्त्रित दक्षिण-पश्चिमी क्षेत्रको प्रतास द्वीप क्षेत्रमा चीनले हवाई उडान भर्ने गरेको आरोप लाग्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);