ताइवान वरपरका समुद्रमा चीनकाे सैन्य अभ्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ताइवान वरपरका समुद्रमा चीनकाे सैन्य अभ्यास

ताइपेय । शीर्ष अमेरिकी राजनीतिज्ञ न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले ताइवान वरपरका समुद्रहरूमा ठूलो सैन्य अभ्यासको तयारी गरिरहेको छ । चीनले यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्न खोजिरहेको ताइवानले बताएको छ । पेलोसीले मंगलबार ताइवानको छोटो भ्रमण गरेकी थिइन, जसलाई लिएर ताइपेय बेइजिङसँग क्रुद्ध बनेको छ । ताइवानलाई चीनले आफूबाट छुट्टिएको अभिन्न अंशको रूपमा हेर्दै आएको छ ।

ताइवान वरपर हुन लागेको सैन्य अभ्यास अहिलेसम्मकै ठूलो भएको बताइएको छ । चीनले ताइवानसँगको केही व्यापारमा पनि प्रतिबन्ध लगाएको छ । सैन्य अभ्यास व्यस्त जलमार्गहरूमा हुनेछ ।  ताइवानले यो अभ्यासलाई समुद्री र हवाई नाकाबन्दी मानेको छ । उसले जहाजहरूलाई विभिन्न मार्गहरू अप्नाउन आग्रह गरेको छ । उसले वैकल्पिक उड्डयन मार्ग खोज्न जापान र फिलिपिन्ससँग वार्ता गरिरहेको छ ।

हालैका दिनहरूमा धेरै मन्त्रालयहरूले साइबर आक्रमणको सामना गरेका ताइवान सरकारले जनाएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सैन्य अभ्यास गैरजिम्मेवारपूर्ण भएको र तिनीहरू नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);