फ्रान्समा विद्यालयमा स्कार्फमा लगाइएको प्रतिबन्धको राष्ट्रसंघीय समितिले गर्‍याे निन्दा | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

फ्रान्समा विद्यालयमा स्कार्फमा लगाइएको प्रतिबन्धको राष्ट्रसंघीय समितिले गर्‍याे निन्दा

पेरिस ।  फ्रान्सले एक महिलालाई स्कुलमा पढ्दा टाउकोमा स्कार्फ लगाउन प्रतिबन्ध लगाएपछि अन्तर्राष्ट्रिय अधिकार सन्धिको उल्लंघन गरेको राष्ट्रसंघीय समितिले फैसला गरेको छ । यो कदमले नागरिक र राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धलाई तोडेको राष्ट्रसंघीय मानवअधिकार समितिले जनाएको हो ।

सन् १९७७ मा जन्मेकी फ्रान्सेली नागरिकले सन् २०१६ मा दायर गरेको उजुरीपछि  राष्ट्रसंघीय मानवअधिकार समितिले उक्त फैसला गरेको हो । निवदेन दिने महिलाको नाम गोप्य राखिएको छ ।

ती महिला सन् २०१० मा वयस्कहरूको लागि व्यावसायिक प्रशिक्षण कोर्समा थिइन् । उनले एक अन्तर्वार्ता र प्रवेश परीक्षा पास गरेकी थिइन् । तर, सार्वजनिक शैक्षिक संस्थाहरूमा धार्मिक प्रतीकहरू लगाउन प्रतिबन्ध लगाएको कारणले पेरिसको दक्षिणपूर्वी उपनगरमा रहेको लान्गेभिन वालोन हाई स्कूलका प्रधानाध्यापकले उनलाई प्रवेश दिन अस्वीकार गरे ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);