अमेरिकाद्वारा इरानमाथि थप प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अमेरिकाद्वारा इरानमाथि थप प्रतिबन्ध

एजेन्सी, ६ असोज । अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाएको छ । आणविक कार्यक्रममा संलग्न इरानको रक्षामन्त्रालयसहित २७ व्यक्ति र कम्पनीहरुविरुद्ध अमेरिकाले प्रतिबन्ध लगाएको हो । इरानले भने अमेरिकाले प्रचारका लागि मात्र सो कदम चालेको भन्दै यसले कुनै असर नगर्ने बताएको छ । संयुक्त राष्ट्रसंघले इरानविरुद्ध लगाएको प्रतिबन्धहरुलाई अमेरिकाले पुनर्वहाली गरेको जनाइएको छ ।

यसलाई युरोपेली राष्ट्रसहित रुस र चीनले भने स्वीकार गरेका छैनन । यसैगरी हतियारसम्बन्धी राष्ट्रसंघीय प्रावधान उल्लंघन गरेकाले भेनेजुएलामाथि समेत प्रतिबन्ध लगाइएको अमेरिकी विदेशमन्त्री माईक पोम्प्योको भनाई छ । यसैबीच, इरानले अमेरिकासँग कैदीबन्दी आदानप्रदान गर्न तयार रहेको बताएको छ । बैदेशिक सम्बन्ध सम्बन्धी भर्चुअल बैठकमा इरानका विदेशमन्त्री मोहम्मद जाभेद जरिफले कैदीबन्दी आदानप्रदानका लागि इरान तयार रहेको बताउनुभएको हो ।

अमेरिकाले लामो सयमयदेखि इरानमा राजनीतिक कारणले बन्दी बनाइएका आफ्ना नागरिकको रिहाको माग गर्दै आएको थियो । इरानले भने राजनीतिक कारणले कसैलाई पनि बन्धक नबनाइएको दाबी गर्दै आएको छ । आफ्ना नागरिक समेत विना कारण अमेरिकामा बन्धक बनाइएकाले सबैलाई आदानप्रदान गरिनुपर्ने इरानको माग छ । दुवै मुलुकबीच तिक्ततापूर्ण सम्बन्ध रहेपनि सन् २०१८ मा समेत कैदी आदानप्रदान गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);