अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने

iran-trump deal

एजेन्सी, २२ साउन । अमेरिकाले इरानमाथि थप प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकाले इरानको अटो मोबाइल क्षेत्रका साथै बहुमूल्य धातु एव सुनको व्यापारमा प्रतिबन्ध लगाएको हो ।

साथै दुई मुलुकबीचको वित्तिय कारोबार, सामुद्रिक जहाज निर्माण, पेट्रोलियम पद्धार्थसम्बन्धि लेनदेन लगायतमा पनि अमेरिकाले प्रतिबन्ध लगाएको छ । नयाँ सम्झौताका लागि इरानलाई बाध्य बनाउने रणनीतिस्वरुप अमेरिकाले पछिल्लो प्रतिबन्ध लगाएको आंकलन गरिएको छ ।

अमेरिकाको पछिल्लो कदमप्रति प्रतिक्रिया जनाउँदै इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी कमद मनोवैज्ञानीय युद्ध भएको टिप्पणी गरेका छन् । रुहानीले अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको भन्दै कूटनीति र वार्ताको पक्षमा रहे पनि यसमा इमान्दारिता जरुरी रहेको बताए ।

अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्पले भने प्रतिबन्ध उल्लंघन गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । ट्रम्पले इरानमाथि लगाइएका नयाँ प्रतिबन्ध पूर्णरुपमा कार्यान्वयन हुने बताएका छन् । सन् २०१५ मा इरानको परमाणु कार्यक्रमका सम्बन्धमा अमेरिकासहितका देशबिच सम्झौता भएको थियो । तर, त्यो सम्झौताबाट अमेरिका अलग भएको थियो ।

सम्झौताबाट अलग भएको घोषणासँगै ट्रम्प प्रशासनले इरानमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको हो । सन् २०१५ मा भएको सम्झौता अनुसार इरानले परमाणु कार्याक्रम सीमित गर्दै लैजाने तथा अमेरिकासहितका देशले उसमाथिको प्रतिबन्ध फुकाउँदै जानुपर्ने थियो । तर, ट्रम्प प्रशासनले इरानले सम्झौता अनुसार परमाणु कार्यक्रम सीमित नगरेको भन्दै बाहिरिने घोषणा गरेको हो ।

तत्कालीन राष्ट्रपति बाराक ओबामाको पहलमा भएको सम्झौताबाट ट्रम्पले अमेरिकालाई अलग्याएका हुन् । ट्रम्प प्रशासनले इरानमाथि लगाएको प्रतिबन्धको बेलायत, फ्रान्स, चीन, रुस तथा जर्मनीले भने विरोध गर्दै आएका छन् । सन् २०१५ को परमाणु सम्झौतामा अमेरिका तथा इरानसँगै यी देशले पनि हस्ताक्षर गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);