साउदी अरेबिया र क्यानाडा बिचको सम्बन्ध चिसिँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

साउदी अरेबिया र क्यानाडा बिचको सम्बन्ध चिसिँदै

saudi aarabia

एजेन्सी, २२ साउन । क्यानाडाले पक्राउ गरेको साउदी नागरिक अगुवा र महिला अधिकारकर्मीको रिहाइको माग गरेपछि साउदी अरेबियाको सरकारी वायुसेवाले टोरोन्टो आउजाउ गर्ने उडानहरू स्थगित गर्ने जनाएको छ ।

आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै साउदी अरेबियाले क्यानाडासँगका सबै व्यापारिक कारोबार बन्द गर्नुका साथै क्यानाडाका राजदूतलाई देशनिकाला गरेको हो । सन् २०१६ मा क्यानाडा र साउदी अरेबियाबीच तीन अर्ब डलर बराबरको कारोबार भएको थियो।साउदी अरेबियाको पछिल्लो कदमबारे जवाफ दिँदै क्यानाडाले मानव अधिकारको पक्षमा वकालत गर्न जारी राख्ने बताएको छ ।

उता क्यानाडाकी विदेशमन्त्री क्रीस्टिया फ्रील्याण्डले कूटनीतिज्ञलाई देशनिकाला गरिएकोमा आफू चिन्तित भएको बताउदै उनले आफ्नो ट्वीटर मार्फत अधिकारकर्मी बादवीलाई पक्राउ गरिएकोमा चिन्ता व्यक्त गरेकी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);