साउदी अरेबियाका राजा सलमानले गरे आन्तरिक भ्रमण | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

साउदी अरेबियाका राजा सलमानले गरे आन्तरिक भ्रमण

काठमाडौं, २८ कात्तिक । साउदी अरेबियाका राजा सलमानले यो साता आन्तरिक भ्रमण गरेका छन ।

आफ्ना साथमा क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई लिएर भ्रमन गरेका राजको भ्रमणको उद्देश्य आफ्नो उत्तराधिकारीको रुपमा चयन गरिएको व्यक्ति सही छ भन्ने देखाउनु थियो भनिएको छ । पत्रकार जमाल खाशोग्गीको टर्किस्थित साउदी कन्सुलर कार्यालयमा भएको हत्याका कारण युवराज मोहम्मद बिन सलमानको अन्तराष्ट्रिय रुपमा आलोचना भइरहेको समयमा भ्रमणमा निस्कनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राजा सलमान र युवराज मोहम्मद मंगलबार साउदी अरेवियाको मध्य क्षेत्र क्वासिम पुग्दा त्यहाँका सडकहरु साउदी झण्डा र राजा तथा युवराजको तस्बिरले सजिएको थियो । विभिन्न क्षेत्रका व्यक्तिले उनीहरुलाई स्वागत गरेका थिए । साउदी अरेबियाको सत्ता सञ्चालनमा दैनिक कार्यमा आफ्नो भूमिका निर्वाह गर्दै आएका शक्तिशाली युवराज मोहम्मदको अन्तराष्ट्रिय साख पत्रकार खाशोग्गीको स्थानबुलमा भएको हत्यापछि गिरिरहेका बेला ८२ वर्षका राजा सलमानले छोरासहित सार्वजनिक भ्रमण गरेका हुन् ।

अरब प्रायद्विपको कट्टर राज्य क्वासिममा नयाँ योजनाका लागि १।१२ बिलियन अमेरिकी डलर बराबर छुट्याउने घोषणा राजा सलमानले गरेको तथा केही बन्दीलाई रिहा गर्न आदेश पनि दिएको साउदी अरेबियाको सरकारी सञ्चार माध्यमले जनाएको छ । खाशोग्गी घटनापछि साउदी नागरिकबिचमा धेरै तनाव, चिन्ता र भय रहेको छ । यसैले यो भ्रमण अहिले पनि राजा सलमान प्रमुख रहेका राज्यहरुलाई पुनःआस्वस्त पार्ने अभियान भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन ।

टर्कीका अधिकारीहरुले क्राउन प्रिन्स मोहम्मद बिन सलमानले खाशोग्गीको हत्याका लागि निर्देशन दिएको आरोप लगाउँदै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्देशन नदिएको भए पनि अन्तिम जिम्मेवारी साउदी अरेबियाका अहिलेका वास्तविक शासक क्राउन प्रिन्समाथि जाने बताएका छन् । साउदी अरेबिया, क्राउन प्रिन्स मोहम्मदका कडा आलोचक अमेरिकी पत्रिका द वासिङ्गट पोस्टमा लेख्दै आएका पत्रकार खोशाग्गी अक्टोबर २ मा बेपत्ता भएपछि फरक फरक बयान दिँदै आएको छ ।

हप्तौँसम्म निश्क्रिय बसेका युवराज अब सार्वजनिक रुपमा प्रस्तुत हुन थालेका छन् । उनले यमनको सीमा नजिक रहेको सेनाको ब्यारेक भ्रमण गरेका छन । यमनमा साउदी अरेबिया नेतृत्वको सेनाले साढे तीन वर्षदेखि बिद्रोहीविरुद्ध कारवाही अभियान सञ्चालन गर्दै आएको छ । पछिल्लो ६५ वर्षमा ३३ वर्षका युवराज साउदी अरेबियाको पहिलो राजा बन्ने तयारीमा छन् । उनले यसका लागि साउदी अरेबियाका संस्थापक अब्दुलाजिज इब्न साउदका कम्तिमा ४५ छोरा र तथा ६ भाइलाई पाखा लगाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);