पत्रकार खाशोग्गीको हत्यामा संलग्नलाई टर्कीको जिम्मा लगाउन साउदी अरेवियाद्वारा अस्विकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पत्रकार खाशोग्गीको हत्यामा संलग्नलाई टर्कीको जिम्मा लगाउन साउदी अरेवियाद्वारा अस्विकार

Khashoggi murder

काठमाडौं, २४ मंसिर । टर्कीले पत्रकार जमाल खाशोग्गीको हत्यामा संलग्न भएको आरोप लागेकाहरुलाई आफ्नो जिम्मामा दिन साउदी अरेवियालाई अनुरोध गरेको थियो । टर्की सरकारले गरेको यस्तो अनुरोधलाई साउदी अरेवियाले अस्विकार गरेको छ ।

साउदी अरेबियाका विदेश मन्त्रीले कुनै पनि अवस्थामा आफ्नो देशका नागरिकलाई अर्को कुनै देशको जिम्मामा नदिइने बताएका छन । साउदी अरेबियाका विदेश मन्त्री अदिल अल–जुबेरले आफ्ना देशका नागरिकलाई कुनै पनि हालतमा अरुलाई नसुम्पने बताएका छन ।

एक हप्ताअघि टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले पत्रकार खाशोग्गीको हत्यामा संलग्नहरु आफ्नो देशको जिम्मामा दिन माग गरेका थिए । यस्तै गएको बुधबार टर्कीको अदालतले हत्याको आरोप लागेकाहरुलाई पक्राउ गर्न आदेश दिएको थियो । साउदी अरेबियाले पत्रकार खाशोग्गीको हत्या आरोपमा ११ जनालाई पक्राउ गरेको छ ।

अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका साउदी पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुल स्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको थियो । टर्कीको अदालतको आदेशमा प्रहरीले पक्राउ पूर्जी जारी गर्नेमा टर्कीका लागि साउदी अरेबियाका पूर्व कुटनीतिक प्रमुख अहमद अल–असिरी र राजपरिवारका पूर्व साल्लाहकार साउद अल–कतानी रहेका छन्।

टर्कीले पत्रकार खाशोग्गीको हत्या र त्यससँग जोडिएका जानकारीहरु आफूहरुसँग बाँड्दाको प्रक्रिया उचित नरहेको पनि साउदी अरेबियाका विदेश मन्त्रीले बताएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन । टर्कीका राष्ट्रपति एर्डोगानले पत्रकार खाशोग्गीको हत्या साउदी सरकारको उच्चतहबाट आएको आदेशका आधारमा भएको बताएका छन् ।

तर, उनले साउदी राज परिवारमाथि कुनै किसिमको नोक्सानी गर्ने आफ्नो उद्देश्य नरहेको पनि जोड दिएका छन् । पत्रकार खाशोग्गी विशेष गरी साउदी अरेबियाका शक्तिशाली युवराज मोहम्मद बिन सलमान का कडा आलोचक थिए । दशक भन्दा लामो समय साउदी राज परिवारको सल्लाहकार रहेका खाशोग्गीले पछिल्लो समय अमेरिकी पत्रिकामा राजकुमार सलमानको गतिविधिको तीव्र आलोचनासहित लेख्ने गरेका थिए ।

यहि कारण उनकै निदेर्शनमा खाशोग्गीका हत्या भएको आरोप लाग्ने गरेको छ । तर साउदी अरेबियाले भने खाशोग्गीको हत्यामा क्राउन प्रिन्स सहित राज परिवारका कुनै पनि सदस्यको कुनै हिसाबले संलग्नता नरहेको बताउँदै आएको छ । कन्सुलर कार्यालयमा खराब नियत भएका एजेन्टले गरेको रफ अपरेशनको क्रममा खाशोग्गीको हत्या भएका साउदी अरेबियाले बताउँदै आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);