साउदीका राजाद्वारा विदेशमन्त्री जुवेरको पद घटुवा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

साउदीका राजाद्वारा विदेशमन्त्री जुवेरको पद घटुवा

saudi-jubeir

एजेन्सी, १३ पुस ।  साउदी अरबका राजा सलमानले मन्त्रिपरिषदका सदस्यहरुको जिम्मेवारी हेरफेर गर्दै विदेशमन्त्री आदिल अल जुबेरलाई घटुवा गरेका छन् । विदेशमन्त्री जुबैरलाई घटुवा गर्दै विदेश राज्यमन्त्री बनाइएको हो । उनको स्थानमा इब्राहिम अल आसफलाई मन्त्रीमा नियुक्त गरिएको छ ।

यो फेरबदलमा पत्रकार जमाल खाशोग्गीको हत्याको विषय जोडिएको बताइएको छ । पत्रकार खाशोग्गीको टर्कीको इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा गत अक्टोबरमा हत्या भएको थियो ।

विदेश मन्त्रालय अन्तर्गत नै वाणिज्य दूतावास पर्ने भएकाले खाशोग्गीको हत्याबारे जुबैरलाई धेरै कुरा थाहा रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमको ठहर छ । त्यसैले पनि उनीमाथि कारबाही भएको देखाउन साउदी सरकारले उनको घटुवा गरेको हुन सक्ने विश्लेषकहरुको भनाई रहेको छ ।

यो घटनामा आदिल जुबेरले साउदी अरबको पक्षमा विभिन्न वक्तव्य जारी गर्दै पश्चिमी देशका मिडियाले अनावश्यक रुपमा उचालेको आरोप लगाएका थिए । नवनियुक्त विदेश मन्त्री इब्राहिम आसफ भने अन्तराष्ट्रिय कूटनीतिमा सीमित अनुभव भएको व्यक्ति मानिन्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);