गुप्तचर पूर्वप्रमुखलाई आजीवान कारावास | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

गुप्तचर पूर्वप्रमुखलाई आजीवान कारावास

ma-jian

एजेन्सी,  १३ पुस । घुस लिएको र गोप्य रूपमा व्यापार गरेको अभियोगमा चीनका गुप्तचर पूर्वप्रमुख मा चियानलाई आजीवन कारावासको सजाय दिइएको छ।

भ्रष्टाचारको अभियोग लागेका मालाई सन् २०१५ देखि अनुसन्धानमा राखिएको थियो। अनुसन्धान सुरु भएको अर्को वर्ष सन् २०१६ मा उनलाई सत्तारुढ कम्युनिस्ट पार्टीबाट पनि निष्कासन गरिएको थियो। माले आफूमाथि लागेको अभियोग स्वीकार गरेको र पुनरावेदन नगर्ने बताएको उत्तरपूर्वी लियाओनिङ प्रान्तस्थित एक अदालतले जनाएको छ।

चीनमा वर्तमान राष्ट्रपति सी चिनफिङको भ्रष्टाचार विरोधी अभियानका कारण कैयौं उच्च पदस्थ अधिकारीहरु पदबाट हटाइएका छन्। मा चियान चीनको शक्तिशाली राज्य सुरक्षासम्बन्धी मन्त्रालयको उपमन्त्रीसमेत रहेका थिए।

सो मन्त्रालयले विदेश र गुप्तचरसम्बन्धी गतिविधि हेर्ने गर्छ। चीनबाट देश निकाला गरिएका र देशमा सर्वाधिक खोजी सूचीमा रहेका सम्पत्तिसम्बन्धी व्यापारी गुवो वेन्गुई जसले कम्युनिस्ट पार्टीका उच्च तहका सदस्यहरुले भ्रष्टाचार गरेको आरोप लगाउँदै शृंखलाबद्ध रूपमा विवरण प्रकाशन गरेका थिए, उनीसँगै माको मुद्दा पनि जोडिएको छ।

माले घुसबापत र भित्री रूपमा जानकारी प्राप्त गरेको आधारमा गरिएको सेयर व्यापारमार्फत् १० करोड चिनियाँ युआनभन्दा बढी पैसा लिएको सो अदालतले जारी गरेको विज्ञति उद्धृत गर्दै बिबिसीले जनाएको छ।

ताजा समाचार