अमेरिकी निर्वाचन २०२०ः इरान र रुसले मतदाता विवरण पाएको अमेरिकी गुप्तचर निकायको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अमेरिकी निर्वाचन २०२०ः इरान र रुसले मतदाता विवरण पाएको अमेरिकी गुप्तचर निकायको भनाई

एजेन्सी, ६ कार्तिक । अमेरिकी गुप्तचर निकायले इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न डेमोक्रेटिक मतदाताहरुलाई डर धम्की देखाउँदै इमेल पठाएको आरोप लगाएको छ ।

अमेरिकाको न्यासनल इन्टेलिजेन्सका निर्देशक जोन ¥याटक्लिफले ती इमेल चरम दक्षिणपन्थी ट्रम्प समर्थक समूहबाट अमेरिकामा अस्थिरता पैदा गराउनका लागि पठाइएको दाबी गरको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

निर्देशक ¥याटक्लिफले अमेरिकी अधिकारीहरुले रुस र इरानले अमेरिकी मतदाताको व्यक्तिगत जानकारी अवैधानिक रुपमा हासिल गरेको पनि पत्ता लागेको पनि दावी गर्नुभएको छ ।

वासिङ्टनमा आयोजित कार्यक्रममा निर्देशक ¥याटक्लिफले इरानले फर्जी इमेल पठाएर अन्योल पैदा गर्दै प्रजातन्त्रप्रतिको अमेरिकी नागरिकको आत्मविश्वासलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाउनुभयो ।

रुसले इरानले झैं नगरे पनि अमेरिकी मतदाताबारे सूचना भने प्राप्त गरेको निर्देशक ¥याटक्लिफको भनाइ छ । उहाँले अमेरिकी नागरिकलाई डर देखाउने र तथ्य तोडमोड गरी आएका इमेलबाट नडराउन र त्यसलाई नफैलाउन पनि आग्रह पनि गर्नुभयो ।

अमेरिकामा राष्ट्रपति चुनाव हुनुभन्दा २ साता अघि अमेरिकी सुरक्षा निकायमा उच्च पदाधिकारीबाट यस्तो कुरा सार्वजनिक भएको हो । आउँदो नोभेम्बर ३ मा हुने चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुदैछ । यसअघि सन् २०१६ को राष्ट्रपतीय चुनावमा पनि रुसले प्रभावित गर्न खोजेको आरोप लाग्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);