साउदी अरेबियामा ड्रोन आक्रमण इरानले गरेको अमेरिकाको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

साउदी अरेबियामा ड्रोन आक्रमण इरानले गरेको अमेरिकाको दाबी

Saudi-Arabia-dron attick

एजेन्सी, ३० भदौ । अमेरिकाले साउदी अरेबियाका दुई ठूला तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणमा इरानको संलग्नता रहेकोे दाबी पुष्टि गर्ने प्रमाण भन्दै स्याटेलाइट तस्बिर सार्वजनिक गरेको छ । स्याटेलाइट तस्बिर र गुप्तचर निकायबाट प्राप्त सूचना अनुसार साउदी अरेबियाका तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा इरानको संलग्नता रहेको स्पष्ट हुने अमेरिकी दाबी छ ।

इरानले भने शनिबार भएको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । सो आक्रमणको जिम्मा इरानको साथ पाएको यमनको हुथी बिद्रोहीले लिएको छ । तर ड्रोन आएको दिशा र त्यसका लागि लाग्ने खर्च हेर्दा यसमा हुथी बिद्रोहीको संलग्नतामा सन्देश रहेको एक अमेरिकी अधिकारीले अमेरिकी तथा अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमलाई बताएका छन् । सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका अबकेक र खुराइसमा रहेका दुई ठूला प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);